प्रतिलिपी अधिकार रजिस्टार कार्यालयमा 'पाँडे'को निवदेन- न्याय पाउँ

फाइल तस्वीर

काठमाडौं- मिडिया हबका सञ्चालक सोम धितालले जेपीटी क्रियशनविरुद्ध कपीराइटको उजुरी दिएपछि सक्किगोनिका कलाकार अर्जुन घिमिरे 'पाँडे'ले नेपाल प्रतिलिपी अधिकार रजिस्टार कार्यालयमा न्याय पाउँ भन्दै निवेदन दिएका छन् ।

कार्यालयकी नायब सुब्बा रोशनी कार्कीले निवेदनको सार लोकान्तरलाई सुनाउँदै भनिन्, 'निवेदनमा भएअनुसार मिडिया हब र जिग्री-पाँडेको पहिला असारसम्म करार भएको रहेछ । करारमा कसले के गर्ने भन्ने व्यवस्था भएको रहेछ । पहिला भद्रगोलमा भएका चरित्र र पात्रहरू हामीले नै क्रिएट गरेको र त्यसमा हाम्रै अधिकार हुनुपर्ने भन्ने उहाँहरूको माग छ ।'


Advertisement

उनले थपिन् , 'निवेदनमा चाहिँ ठ्याक्कै न्याय पाउँ भन्ने नै छ ।' 


Advertisement

कमेन्ट गर्नुहोस्