उत्तरी म्याग्दीमा ३ दिनदेखि विद्युत् अवरुद्ध

फाइल फोटो

गलेश्वर – उत्तरी म्याग्दी ३ दिनदेखि अन्धकारमय भएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका वासिन्दा अन्धकारमा बस्न बाध्य छन् । 


Advertisement

विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताए ।

‘चाँडै विद्युत् आपूर्ति नियमित गर्ने प्रयासमा जुटेका छौं,’ उनले भने । बिजुली नहुँदा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित गरिमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाले सास्ती खेप्नु परिरहेको छ । ‘भत्ता वितरण गर्न समस्या भएको छ,’ बैंकका प्रमुख श्याम थापाले भने । 

कमेन्ट गर्नुहोस्