धितोपत्र बजारमा झन् घट्यो नेप्से

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम सोमवार पनि जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ । 


Advertisement

यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ । कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतवार कूल ११ करोडको मात्रै कारोबार भएको थियो ।

सोमवार कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए । 

कारोबार भएका कूल ११ उपसमूहमध्ये सोमवार छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ । बैंकिङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा सोमवार पनि प्रभू बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको एक करोड ८९ लाख ३७ हजार ३६७ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड ७६ लाख १८ हजार ७७१, मेगा बैंक ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६० लाख १७ हजार ३९७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै एभरेस्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए ।

कमेन्ट गर्नुहोस्