विप्लव समूहको बैठकः यस्ता छन् १२ बुँदे निर्णय (पूर्णपाठ)

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको आठौं बैठक महासचिव विप्लवको अध्यक्षतामा बसेको जानकारी गराइएको छ । 
सो पार्टीले इमेलमार्फत उपलब्ध गराएको जानकारीमा विभिन्न १२ बुँदे निर्णय भएको उल्लेख गरिएको छ । 

जसअनुसार बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका छन् । रिपोर्टमा उनीहरूले सरकारको प्रतिबन्ध, हत्या अप्रेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको, मित्रशक्तिहरूसँगको सहकार्य फैलिँदै गएको, जनताको आशा पार्टीतिर बढ्दै गएको, विभिन्न पार्टीहरूबाट पार्टीमा सहभागी बन्ने प्रक्रिया चलिरहेको लगायत दाबी गरिएको छ।  


Advertisement

सो पार्टीले राजनीतिक रूपले असफल बन्दै गएको सरकार राष्ट्रघात, एनसेलकाण्ड, ठूलो जहाजकाण्ड, सुनकाण्ड, ललिता निवासकाण्ड, चिनीकाण्ड, अनेकौँ हत्याकाण्ड, गोलीकाण्ड, गैरकानुनी गिरफ्तारी जेल–हिरासत, बूढीगण्डकीकाण्ड, बलात्कारकाण्ड, भ्रष्टाचार, भूमाफिया, मानवतस्करी, मेडिकल माफिया, कालोबजारीलगायत अपराधमा डुब्न पुगेको दाबी गरिएको छ । 

बैठकले गुणराज लोहनीलाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाउँदै  गिरफ्तार परी हालसम्म जेलमा बन्दी भएका सुदर्शन, माइला लामा, प्रज्वलन, बन्धु चन्द, नवीनलगायत सयौँजना नेताहरुको तत्काल रिहाइका लागि राजनीतिक एवम् कानुनी संघर्ष सञ्चालन गर्ने निर्णयपनि गरेको छ । 

कमेन्ट गर्नुहोस्