२६ जेठ २०८३, मंगलबार

यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति

कात्तिक ५, २०७६
यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति

महिला हिंसा, संक्रमणकालीन न्यायलगायत विषयमा संयुक्त राष्ट्रसंघ (यूएन)ले अन्य अन्य मुलुकसँग मिलेर टिप्पणी गरेको भन्दै सरकारले आपत्ति जनाएको छ ।
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित यूएन कार्यालयको पछिल्लो क्रियाकलापलाई लिएर सोमबार पत्रकारमाझ आपत्ति जनाएका हुन् । 

नेपालस्थित यूएन कार्यालयले पछिल्लो पटक असोज १७ गते नेपालमा रहेका अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विटजरल्यान्ड र बेलायतका दूतावासहरुसँग मिलेर महिलाविरुद्ध हिंसाका बारेमा संयुक्त विज्ञप्ति निकालेको थियो । आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्