टुबोर्ग ओपन सेसन्स्–२ मा 'अल्लारे'

काठमाडौं –टुबोर्ग ओपन सेसन्स्–२ मा  'दि एलिमेन्टस ब्याण्ड'ले अल्लारे बोलको गीत प्रस्तुतत गरेका छन् । 

अल्लारे गीतको शब्दहरु एकै रातमा लेखिएको थियो । शुरूमा सामान्य रुपमा उकुलेले को धुनमा अनी सामान्य रेकर्डर प्रयोग गरि रेकर्ड गरिएको थियो । टुबोर्ग ओपन सेसन्स्–२ मा भने थप जोसिलो र रमाईलो शैलीमा यो प्रस्तुत गरिएको छ ।


Advertisement

गीतको वातावरण र प्रकृतिलाई थप रमाईलो बनाउन धेरै बाजाहरुको धुन थपिएको छ ।

दि एलिमेन्टस् मा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् । 


Advertisement

टुबोर्ग ओपन सेसन्स्को पहिलो संस्करणमा दि एलिमेन्टस् ले प्रस्तुति दिएको लोकप्रिय गीत बिर्सने हौ कि ले सबै भन्दा धेरै भ्युज र स्ट्रिम संकलन गरेको छ । 

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स्–२ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्ध कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।

कमेन्ट गर्नुहोस्