गद्दारी गरेको भन्दै थाइल्यान्डका राजाले हटाए शाही संगिनी

काठमाडौं – थाइल्यान्डका राजा महा वजीरालंगकर्नले आफ्नी शाही संगिनी (कन्सोर्ट) लाई बेइमानी गरेको तथा रानीको बराबर हैसियतमा पुग्ने महत्त्वाकांक्षा देखाएको आरोप लगाउँदै सबै शाही उपाधिहरू खोसेका छन् । तीन महिनाअघि मात्र उनले शाही उपाधि दिएका थिए । 

उपाधि खोसिएकी सिनीनात वाङवजीरापकडी शाही अंगरक्षक हुन् र कोई उपनामले प्रसिद्ध छिन् । उनलाई राजाले आफ्नो ६७औं जन्मदिनको अवसरमा शाही उपाधि दिएका थिए । थाई राजपरिवारमा एक शताब्दीदेखि कसैलाई पनि यो उपाधि दिइएको थिएन । 


Advertisement

शाही उपाधि दिइएको केही दिनपछि नै राजदरबारले सिनीनातका तस्वीरहरू जारी गरेको थियो जसपछि राजदरबारको वेबसाइट नै क्य्राश भएको थियो । सिनीनात केही तस्वीरमा खतरनाक हतियारहरूका साथ अनि केहीमा जेट उडाउँदै गरेको देखिएकी थिइन् । केही तस्वीरमा उनले राजाको हात समातेको देखिन्थ्यो । 

कुनै बेलाकी सैन्य नर्स सिनीनातलाई राजाले चाओ खुन फ्रा नामक शाही दर्जा दिएका थिए । 

राजदरबारको आदेशबमोजिम सिनीनातबाट चाओ खुन फ्रा उपाधि खोसिएको हो । उनले राजालाई बेइमानी गरेको र आफ्नो महत्त्वाकांक्षाका लागि रानी सुतिदाविरुद्ध षड्यन्त्र गरेको आरोप छ । 

थाइल्यान्डका ६६ वर्षीय राजाले गत मे महिनामा अंगरक्षक सुतिदा तिदजईसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका थिए । सुतिदा उनकी चौथी पत्नी हुन् । उनी रोयल बडीगार्डमा डेप्युटी हेड थिइन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्