सातै प्रदेश अंकित लक्ष्मी बैंकको भिजा कार्ड

काठमाडौं– लक्ष्मी बैंकले संघीय संरचना अनुरूपको भिजा कार्ड सार्वजनिक गरेको छ ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकले सातवटै प्रदेशको पहिचान झल्कने कला, संस्कृति र अन्य सुन्दरतालाई समावेश गरिएको भिजा कार्ड सार्वजनिक गरेको हो । 


Advertisement

बैंकको सार्वजनिक गरेको भिजा कार्ड अहिले निर्माणको प्रकृयामा (प्रिन्ट हुँदै)रहेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह अबको एक महिनापछि भिजा कार्ड प्रयोगमा ल्याइने जानकारी दिए । श्रेष्ठले योे कार्डले प्रदेशको पहिचान बोकेको भएपनि, जो सुकैले प्रयोग गर्न सक्ने बताए । उनले भने, ‘प्रदेशको नाममा रहेपनि यो कार्ड इच्छाएका बैंकका सेवाग्राहीले  प्रयोग गर्न सक्छन् ।’

नयाँ भिजा कार्डमा कला, संस्कृति तथा अन्य प्राकृतिक सम्पदाको तस्वीर राखिएकाले यसले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ । 
सात वटै प्रदेश अंकित नयाँ भिजा कार्डकाृ डिजाइन टीशा श्रेष्ठले गरेकी हुन् । 

बैंकले भिजा कार्डको डिजाइनका लागि गत जुलाई महिनामा ‘माइ कार्ड आइडियाज’ नामक क्राउडसोर्सिङ्ग प्रतियोगिता आयोजना गरेको थियो । जसमा  श्रेष्ठले सबैभन्दा नयाँ भिजा कार्डको लागि उत्कृष्ट डिजाइन गर्दै प्रतियोगिताको विजेता बनिन् । 

बैंकले मंगलवार आयोजित कार्यक्रममा विजेता श्रेष्ठलाई पुरस्कारस्वरुप ३ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । 

यससँगै क्राउडसोर्सिङ प्रतियोगिता आयोजना गर्ने बैंकमा लक्ष्मी बैंक नेपालकै पहिलो बैंक बनेको छ । 

कमेन्ट गर्नुहोस्