२६ जेठ २०८३, मंगलबार

पशुअधिकारवादीको अपील– लाम्खुट्टेलाई रगत चुस्न दिनुस्, उसले पनि बच्चा पाल्नुपर्छ

कात्तिक ५, २०७६
पशुअधिकारवादीको अपील– लाम्खुट्टेलाई रगत चुस्न दिनुस्, उसले पनि बच्चा पाल्नुपर्छ

काठमाडौं – फ्रान्सका एक पशुअधिकारवादीले सर्वसाधारणलाई लाम्खुट्टे नमार्न अपील गरेका छन् । 

लाम्खुट्टेलाई आफ्नो सन्तानको पोषणका लागि रगत आवश्यक भएको उनको तर्क छ । 

आरमेरिक क्यारनले कोमोटो टीभीमा पशुअधिकारसम्बन्धी प्रश्नको जवाफ दिइरहेका थिए । त्यस क्रममा उनलाई सोधियो– लाम्खुट्टेले टोकेमा के गर्ने ? क्यारनले जवाफ दिए, ‘उनीहरूलाई मार्नु हुँदैन । लाम्खुट्टेहरूले प्रोटीनका लागि मानिसको रगत चुस्छन् । उनीहरूलाई आफ्नो अण्डा र बच्चाको विकासका लागि रगत आवश्यक हुन्छ ।’ 

लाम्खुट्टेले सन्तानको भविष्यका लागि जीवन जोखिममा पार्ने उनले बताए । यसको विकल्प उनीहरूसँग नरहेको उनको भनाइ छ । कहिलेकाहीँ लाम्खुट्टेलाई रक्तदान गर्नुमा कुनै हानि नरहेको उनले बताए । पशुप्रेमीहरूले आफैं लाम्खुट्टेलाई टोक्न दिनुपर्ने उनले बताए । 

तर मलेरिया लाग्न सक्ने भएकाले अफ्रिकीहरूले चाहिँ लाम्खुट्टेलाई टोक्न दिन नहुने उनले बताए । लाम्खुट्टेलाई टोक्न दिन नचाहने व्यक्तिले त्यसलाई हटाउन प्राकृतिक रिपेलर उपयोग गर्नुपर्ने उनको भनाइ छ । 

क्यारनको यो सुझावलाई मानिसहरूले मूर्खतापूर्ण र गैरजिम्मेवार भने ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार, सन् २०१७ मा संसारभरि मलेरियाका २२ करोड केस आए अनि चार लाख ३५ हजारजनाले ज्यान गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्