अज्ञात नाममा ट्रम्पविरोधी लेख लेख्ने लेखकको पुस्तक प्रकाशित हुँदै

काठमाडौं – पोहोर साल अज्ञात नाममा द न्युयोर्क टाइम्स पत्रिकाको स्तम्भमा राष्ट्रपति डोनल्ड ट्रम्पबाट हुने खतराका बारेमा लेख्ने एक वरिष्ठ अमेरिकी अधिकारीको पुस्तक प्रकाशित हुन लागेको छ । 

पुस्तकको शीर्ष ‘अ वार्निङ’ हो र त्यो कात्तिक ३ गते प्रकाशित हुँदैछ । 


Advertisement

सन् २०१८ को सेप्टेम्बर महिनामा ती लेखकले ‘म ट्रम्प प्रशासनभित्र प्रतिरोधको एक अंग हुँ’ शीर्षकमा स्तम्भ लेखेका थिए । त्यसमा उनले ट्रम्पलाई हचुवामा निर्णय लिने, शत्रुता साँध्ने, तुच्छ र अप्रभावकारी भनी चित्रण गरेका थिए । 

‘उनले सोचविचार नगरिकन काम गर्दा आलोकाँचो, जानकारीरहित तथा अनियन्त्रित निर्णय लिने गरेका छन् र तिनलाई फिर्ता लिनुपर्ने स्थिति आउने गरेको छ,’ ती अधिकारीले लेखेका थिए । 

ट्रम्पले उक्त स्तम्भप्रति आक्रोश व्यक्त गर्दै यो गद्दारी भएको र लेखकको पहिचान खुलाउनुपर्ने प्रतिक्रिया दिएका थिए । तर न्युयोर्क टाइम्सले उनको पहिचान खुलाउन मानेन । 

पुस्तक लेखकको नाम अज्ञात नै रहने बताइएको छ । 

ह्याशेट बूक ग्रूपको टुवेल्भ नामक डिभिजनले पुस्तक प्रकाशित गरेको हो । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्