चैत ६, २०७९
प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...
जनकपुरधाम | कात्तिक ६, २०७६
जनकपुरधाम – बुधवार बिहान सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१४ प्रगतिनगर मुजेलियामा पंकजकुमार चौधरीले ४० वर्षीय मनोजकुमार साहलाई गोली प्रहार गरी हत्या गरे ।
मृतक साहको जनकपुरधाम–१ वकिल टोलमा घर भइ विगत २० वर्षदेखि सपहीमा शिव आयल पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए ।
मृतक साहका भिनाजु समेत रहेका महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहका अनुसार हत्या गर्ने पंकजले मनोजसँग कारोबार गर्न तथा पेट्रोल डिजलवापत समेत गरेर १७ लाख रुपैयाँ लिएका थिए ।
‘मनोजले घरपरिवारमा पंकजसँग १७ लाख रुपैयाँ लिनुछ भनेर भन्ने गरेका थिए,’ मृतकका भिनाजु साहले लोकान्तरसँग भने, ‘त्यसमध्ये पंकजले कति रकम दिएका थिए र बाँकी कति रकम लिनु थियो भन्नेबारे खुल्न सकेको छैन ।’ उनका अनुसार पंकजले मंगलवारसम्म सबै पैसा तिर्ने समय दिएका थिए तर पैसा दिएनन् र बुधवार पैसा तिर्छु भन्ने वाचा गरे । ‘त्यहीँ रकम लिनका लागि मनोज साथी अमितकुमार साहसँगै पंकजको मुजेलियास्थित घर गएका थिए,’ उनले भने ।
प्रत्यक्षदर्शी अमितकुमार साहले जनकपुरस्थित प्रदेश अस्पतालमा लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘पैसा माग्न गएका हामीबीच शुरूमा केहीबेर कुराकानी र सामान्य विवाद भयो । त्यसपछि घरभित्र घचेटेर लैजान खोज्दा म भागें । मनोज स्वभावले पनि निर्भिक र अडिक भएकाले पंकजले उसलाई २ गोली प्रहार गर्दै छिमेकीको घरतर्फ भाग्यो ।’
साथी मनोज गोली लागेर ढलेपछि अमितले नै प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिए । केही मिनेटभित्रै नजिकैको वडा प्रहरी चौकी मुजेलियाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । लगत्तै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीको टोली समेत पुग्यो ।
‘घटनास्थल पुग्दा मृतकको शरीर नजिकै एउटा होम मेड सेमी अटोमेटिक पेस्तोल समेत राखिएको थियो,’ डीएसपी कार्कीले भने, ‘हामीले पेस्तोल बरामद गर्यौं र मृत शरीरलाई प्रहरीकै गाडीमा राखेर प्रदेश अस्पताल जनकपुरमा पठायौं ।’
प्रहरी टोलीले गाउँमा चारैतर्फ घेरा हालेर पंकजलाई छिमेकी ब्रह्मदेव यादवको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डीएसपी कार्कीले बताए । ‘ब्रह्मदेव यादवको घरमा पंकजलाई पक्राउ गर्दा पंकजले एउटा झोलामा कटुवा पेस्तोल र १५ राउन्ड गोली समेत बोकेको थियो,’ उनले भने । आरोपी पंकजलाई हतियारसहित पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
मृतक साह ढलेको नजिकै भेटिएको पेस्तोल र पंकजसँग बरामद भएको गोली मिलेको डीएसपी कार्कीले बताए । ‘घटनास्थलबाट बरामद भएको पेस्तोल र पंकजको झोलाबाट बरामद भएको गोली समेत एउटै रहेको पुष्टि समेत भइसकेकाले पंकजले नै गोली प्रहार गरेर मनोजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।
मृतक मनोज र आरोपी पंकज व्यावसायिक साझेदार समेत रहेको खुलेको डीएसपी कार्कीले बताए । ‘पंकजले अहिले दिएको बयान अनुसार मनोज र पंकज निर्माण व्यवसायमा साझेदार थिए,’ उनले भने, ‘पंकजले आफ्नो ठेक्कामा मनोजलाई पेटी कन्ट्रयाक्टमा ठेक्का समेत दिएको कुरा खुलेको छ ।’
हत्याका अभियुक्त पंकजको घर जनकपुरधाम उपमहानगर–१५ रामपुरमा पर्छ । उनका काका अशोक चौधरी सोही वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष छन् । वडाध्यक्ष चौधरी जिल्ला निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष समेत हुन् ।
अभियुक्त चौधरीले जनकपुर उद्योग वाणिज्य संघमा २०७१ असार ३० गते चौधरी निर्माण सेवा निर्माण कम्पनी दर्ता गराएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए । ‘हत्या भएका व्यक्ति पनि व्यवसायी हुन् र हत्या गर्ने अभियुक्त पनि व्यवसायी नै भएकाले घटनाले गर्दा व्यवसायमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘दोषी जो कोही भएपनि छोड्नुभएन । कडाभन्दा कडा कारबाही हुनुपर्यो, निर्दोष भने फस्नुभएन ।’
मृतक मनोजका बुवा जिबछ साहले हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग गरे । मृतक मनोजका बाल्यकालदेखिका साथी प्रकाश साहले भने, ‘सोच्नै नसकिने घटना भएको छ । मनोज त्यस्तो मान्छे थियो, जसले विभिन्न साथीहरूलाई पैसा उपलब्ध गराएर व्यापारमा स्थापित गर्न मद्दत गर्थ्यो । देख्नमा पनि सुन्दर भएकाले हामी उसलाई अक्षय कुमार भनेर भन्ने गर्थ्यौं ।’ मनोजका बुवा, पत्नी, ३ छोरा र १ छोरी छन् । प्रहरीले अनुसन्धानका लागि प्रत्यक्षदर्शी अमितलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...
पछिल्लो समयमा अनलाइन बेटिङ एप्स ‘वान एक्स बेट’बाट करोडौं रुपैयाँको कारोबार हुने गरेको खुलासा भाएको छ । नेपालमा अहिले क्रिकेटलगायतका विभिन्न खेलहरूको आकर्षण बढिरहेको समयमा अनलाइन बेटिङ...
प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान...
काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...