×

NMB BANK
NIC ASIA

युवतीलाई कुकुरमार्फत वलात्कार गराइएको भन्ने समाचारबारे बोल्यो सेना

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । नेपाली सेनाले ‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

Muktinath Bank

उल्लेखित घटनाको सम्बन्धमा तत्कालीन अवस्थामा विविध कारणबाट पीडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभूति गरेको भएमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थालगायत मिडियाकर्मीमार्फत उजुर गर्नसक्ने अवस्था विद्यमान रहेको भए तापनि सोको उपयोग नगरेको देखिएको सेनाले जनाएको छ । 
“करीब दुई दशकपश्चात् मात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्थाप्रति लक्षित रही गलत नियतबस सुनियोजितरुपमा समाचार सम्प्रेषण भएको आशङ्का गर्न सकिने अवस्थालाई नकार्न सकिन्न । यद्यपि घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने छ”, निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाले आफूसँग उपलब्ध भएका कुकुरहरुलाई समाचारमा सम्प्रेषण भएबमोजिमको कार्यका लागि तालीम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको व्यहोरा स्मरण गराएको छ ।


Advertisment
Nabil box
Kumari

 विगतको द्वन्द्वका घटना सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटकपटक प्रतिबद्धता व्यक्त भइरहेको स्मरण गराउँदै सेनाले उल्लेखित घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आह्वान गर्दै प्राप्त उजुरीउपर यथोचित छानबिन गरी सत्यतथ्य पत्ता लगाइ सार्वजनिक गर्न आफू प्रतिबद्ध एवं तत्पर रहेकोसमेत जानकारी गराएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x