×

NMB BANK
NIC ASIA

हिजो दिनभर : पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढ्यो, चाबहिलमा घर र तारकेश्वरमा विद्यालय भत्कियो

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पशुपति घाटमा शुल्क वृद्धि
पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै बुधबारदेखि शव दाह रोक्ने घोषणा गरेका थिए । 

Muktinath Bank

कामदारको मागपछि बुधबारै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला रु १० लाख पाउनुपर्ने माग गरेकामा रु पाँच लाख दिने गरी सहमति भएको छ । यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला रु डेढ लाख पाउँथे । यसैगरी १५ वर्ष काम गरेकाले रु तीन लाख पाउने भएका छन् । यसअघि रु एक लाख पाउने गर्दथे । 
 
दश वर्ष शवदाह गरेकाले रु ५० हजार अवकाशस्वरुप पाउने गरेकामा डेढ लाख पाउने सहमति भएको छ । यसैगरी शवदाह गरेको प्रतिशत रु एक हजार २०० बाट बढाएर रु एक हजार ५०० बनाइएको छ । दाउरा बोक्नेको प्रतिशत रु ४०० बाट बढाएर रु ६०० पु¥याइएको कोषले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

     घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए ।  कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो । 
 
घाट सेवामा कार्यरत सबै कामदारको बीमा रु दुई लाखका दरले कोषले नै गरिदिने भएको छ । पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन् । त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ । हाल दुई विद्युतीय शवदाह गृह सञ्चालनमा छ । तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

Vianet communication
Laxmi Bank

कार्यकर्ता आक्रमणप्रति नेकपाको आपत्ति
 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । 

बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।”

हिमालय क्षेत्रका नदी फोहर गर्न नहुने 

मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएकाले यस क्षेत्रका नदीमा फोहर गर्नु नहुनेमा जोड दिइएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चले बुधबार जोरपाटीमा आयोजना गरेको सफाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा भारत सफाइ अभियानका मुख्य अभियानकर्मी विन्दुभूषण दुवेले नेपाल नै सभ्यताको मुहान भएकाले यहाँका नदीनाला स्वच्छ हुनुपर्ने बताए । 

   सफाइ मानव जीवनसँग अत्यन्तै महत्व राख्ने विषय भएकाले हिमालय क्षेत्रको संवेदनशीलतालाई बुझेर अब घर घरबाट रुख रोप्ने अभियान शुरु गर्नुपर्ने सफाइ दूतसमेत रहेका उनको भनाइ थियो । 
    
घुस लिएको आरोपमा समातिए प्रहरी

कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् ।

यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिए । 

बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते 

काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही विद्यालयका ३६ विद्यार्थी घाइते भएका हुन् । 

घाइते विद्यार्थीको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारका प्रमुख, प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एकतला माथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिए । 

प्रधानमन्त्री ओली बाकु प्रस्थान गर्दै
 प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन्

    यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    बाकुमा बुधबार शुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बुधबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् । 

    सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सरीक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ । 

    शिखर सम्मेलनअघि कात्तिक ६ र ७ गते हुने मन्त्रिस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

    नामको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

    वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।     

    सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा विभागको टोलीले अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो । उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो । विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो । 

हिउँले पुरिएर मृत्यु

    कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर बुधबार एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बगरमा तीन पोखरेली युवक हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको छ । 

    उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग
    
    द्वन्द्वपीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । 
      
    विज्ञप्तिमा भनिएको छ, “पीडामा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकाले राजनीतिक स्वाथ्यको चपेटामा परेको सङ्क्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसलाबमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ ।”
       
पेट्रोलपम्पमा सिलबन्दी कम 

    नाप तौल तथा गुणस्तरीय कार्यालय विराटनगरबाट खटिएको अनुगमन टोलीले सिरहाका महत्तो फ्युल सेन्टरमा बुधबार तालाबन्दी गरेको छ । विसनपुर गाउँपालिका–५ स्थित लक्ष्मीपुरमा सञ्चालित सो पेट्रोलपम्पले पेट्रोल कमबेसी गर्ने मेशिनको सिल बिगारी पेट्रोल र डिजेलको डिस्प्ले बिगारेर डिजेल बिक्री गरिरहेको अवस्थामा टोलीले जाँच गर्ने क्रममा फेला पारी सिलबन्दी गरेको नाप तौल तथा गुणस्तरीय कार्यालयका प्रमुख शम्भू झाले जानकारी दिए । 

नेपाली सेनाको ध्यानाकर्षण 

नेपाली सेनाले ‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उल्लेखित घटनाको सम्बन्धमा तत्कालीन अवस्थामा विविध कारणबाट पीडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभूति गरेको भएमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थालगायत मिडियाकर्मीमार्फत उजुर गर्नसक्ने अवस्था विद्यमान रहेको भए तापनि सोको उपयोग नगरेको देखिएको सेनाले जनाएको छ । “करीब दुई दशकपश्चात् मात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्थाप्रति लक्षित रही गलत नियतबस सुनियोजितरुपमा समाचार सम्प्रेषण भएको आशङ्का गर्न सकिने अवस्थालाई नकार्न सकिन्न । यद्यपि घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने छ”, निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
    राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएकी छिन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गरे । 

 दरखास्त आह्वान
 
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । 

मन्त्रालयको छात्रवृत्ति शाखाले बुधबार यहाँ जारी गरेको सूचनामा ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको हो । 

सूचनामा “राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ ।” 

अनियमितता गर्नेलाई कारवाही

नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ ।

 गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ । 

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ । 

सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते 

    चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । 
 
    घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए । 

     घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । 
नेप्से अङ्कले बढ्यो

 धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ । 

    यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६८ अङ्कले बढेर २५०.१७ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने औसत नै रह्यो । बुधबार कुल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरिदबिक्री भयो । 

    कारोबार भएका सबै ११ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैङ्किङ ६.६, होटल २१.५१, विकास बैङ्क ७.६३, जलविद्युत् १६.३, फाइनान्स ३.५१, निर्जीवन बीमा ९.७७, उत्पादन ०.१८, अन्य ४.७४, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा ४८.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले वृद्धि भएको छ । 

    स्टकका अनुसार कारोबार रकमका आधारमा बुधबार प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७२ लाख १६ हजार ३७६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैङ्कको रु एक करोड ४६ लाख ९३ हजार २४०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ६१ लाख ७० हजार ३०२, स्टाण्डर्ड चार्टर बैङ्कको रु ५० लाख ६५ हजार २८५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४९ लाख सात हजार ३२८ र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु ४५ लाख ७१ हजार ३०७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x