
इलाम – जिल्लाको माईजोगमाई–५ सोयाङका घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर १ बालकको ज्यान गएको छ ।
सोयाङका प्रेमबहादुर राउतका २ वर्ष ३ महिनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो ।
बुधवार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।
इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्याइएका बालकको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।