जिग्री-पाँडे र मिडिया हबबीच कुरा मिल्यो

काठमाडौं-मिडिया हब र सक्किगोनि हाँस्य टेलिसिरियलबीच उत्पन्न विावद आपसी समझदारीमा टुंगिएको छ । 

'सक्किगोनि'का कलाकार अर्जुन घिमिरे 'पाँडे'ले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 


Advertisement

'पछिल्लो समय मिडिया हब प्रा.लि.र 'सक्किगोनि"हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्‍याइएको छ । हाँस्य टेलिसिरियल 'भद्रगोल' र 'सक्किगोनि' यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ । कलाकार र सर्जकको मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं,' उनले फेसबूकमा लेखेका छन्, 'पछिल्लो समयमा उत्पन्न विवादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी गराउँदछौ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिडिया हब प्रा.लि.र सक्किगोनि सिरियलप्रति देखाउनुभएको सहानुभूति, माया,सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौं ।'

कमेन्ट गर्नुहोस्