२६ जेठ २०८३, मंगलबार

असंलग्न अभियानबाट असमानता अन्त्य : प्रधानमन्त्री ओली

कात्तिक ९, २०७६
असंलग्न अभियानबाट असमानता अन्त्य : प्रधानमन्त्री ओली

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियानलाई विश्वव्यापी असमानता सदाका लागि अन्त्य गर्न सक्ने गरी बलियो र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभियानलाई विकासका चुनौती समाधान गर्दै साझेदारीपूर्ण समृद्धि प्राप्तिका लागि अघि बढाउनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले असंलग्नता अभियानले विकासशील मुलुकको क्षमता बलियो बनाउन भूमिका खेल्न सक्ने बताए । उनले असंलग्न अभियानको संस्थापक सदस्यका रूपमा नेपाल अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह दृढ रहेको बताए ।

उनले ६४ वर्ष अगाडि एसिया तथा अफ्रिकाका नेताहरू इन्डोनेसियाको बाङडुङमा तत्कालको आवश्यकताका भेला भएको र उनीहरूले मुलुकहरूबीच सम्बन्ध सञ्चालन गर्न नयाँ सिद्धान्त विकास गरेको उल्लेख गरे ।

ती सिद्धान्तले संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तलाई सम्मान र पालना गर्ने, राष्ट्रिय स्वतन्त्रता, सार्वभौम समानता र क्षेत्रीय अक्षुण्णतालाई समर्थन गर्ने, आन्तरिक मामिलामा अहस्तक्षेपलाई कायम राख्ने तथा विवादहरू शान्तिपूर्ण तरिकाले समाधान गर्ने उनले बताए ।

‘यी सिद्धान्तहरू पवित्र छन् । यिनलाई पालना गर्न नसकिए विश्वमा अराजकता छाउँछ,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रजातन्त्र, समावेशी, न्यायपूर्ण, उचित विश्व व्यवस्था प्राप्त नभएसम्म असंलग्न अभियानको सान्दर्भिकता रहने बताए । ‘असंलग्न अभियान शान्ति, सुरक्षा, न्याय तथा विकासको पर्याय भएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्