२७ जेठ २०८३, बुधबार

सकिँदै धोनी युग

कात्तिक १०, २०७६
सकिँदै धोनी युग

काठमाडौं – भारतीय प्रमुख छनोटकर्ताले दिएको संकेत मान्ने हो भने महेन्द्रसिंह धोनीको लोभलाग्दो अन्तराष्ट्रिय खेलजीवनमा पूर्णविराम लाग्दैछ । ती छनोटकर्ताले बिहीवार भनेका छन्, ‘भारतीय टिम अब अगाडि बढ्नेछ । टोलीको नीति हुनेछ, नयाँ युवा खेलाडीलाई मौका दिने ।’ 

पूर्व कप्तान तथा एकदिवसीय क्रिकेटका विशेषज्ञ धोनीले जुलाईको विश्वकपपछि भारतका लागि खेलेका छैनन् । धेरैको अनुमान के छ भने ३८ वर्षीय धोनीले ढिलो चाँडो सन्यास लिनेछन् ।

भारतले अब बंगलादेशविरुद्ध अर्को महिना तीन ट्वान्टी–२० को श्रृंखला खेल्दैछ । त्यसका लागि पनि धोनी घोषित टिममा छैनन् । 

दक्षिण अफ्रिविरुद्ध हालै टुंगेको श्रृंखलामा पनि उनको कुनै भूमिका रहेन । कान्तिपुर दैनिकले खबर छापेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्