×

NMB BANK
NIC ASIA

दलका नेतालाई व्यङ्ग्यात्मक सिस्नुपानी

कात्तिक १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौँ । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै  कुखुराको भाले बसेको देखिन्थ्यो । 

Sagarmatha Cement
Muktinath Bank

    आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल टलक्क टल्किएको थियो । मजेरीमा गुद्री बिछ्याइएको थियो  । घरलाई वरिपरि फूलले सजाइएको थियो । त्यहाँ एउटा मादल पनि राखिएको थियो । त्यही घरमा आज लक्ष्मी पूजाको दिन घरबेटीले देउसी¬–भैलोलाई कुरिरहेका थिए । प्रज्ञा–सिस्नुपानीको टोलीले सोही घरमा आज देउसी–भैलो कार्यक्रम ग¥यो ।  देउसीको शुरुमा हिमाल, पहाड, तराई, विभिन्न जातजाति, वेशभूषालाई समेटिएको सिङ्गो नेपाल झल्काउने नृत्य प्रस्तुत गरियो । त्यसपछि कवि अर्जुन पराजुलीले ‘गाउँ किन जानु’ शीर्षकको राजनीतिक दलका नेताहरुलाई व्यङ्ग्य गरिएको कविता प्रस्तुत गरियो । सो कविता प्रस्तुत गर्दैगर्दा भैलोको माहोलमा दर्शक मग्न देखिन्थे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्यसपछि कलाकार मनोज गजुरेलले जोशीको भेषमा नेताहरुलाई व्यङ्ग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे । उनले नेताहरुलाई व्यङ्ग्य गर्दागर्दा राजनीतिक दलका नेताहरु मुस्कुराउँदै थिए भने दर्शनदीर्घाबाट भने ताली बर्सिए थिए । त्यसपछि संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, व्यङ्ग्यकवि अर्जुन पराजुली, कलाकारहरु देवी घिमिरे, थरेन्द्र बराल, टङ्क आचार्य र माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, चट्याङ मास्टर, हरिकला उप्रेती र गोविन्दबाबु तिवारी लगायतको टोलीले देउसी भैलो शुरु ग¥यो ।  देउसी भैलोले सुनकाण्ड, ह्वाइड बडीलगातका काण्डलाई व्यङ्ग्य गरिरहँदा दर्शकदीर्घामा झन् हाँसो मच्चिएको थियो । भैलो खेल्दाखेल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘क्यारिकेचर’ गर्दै मनोज गजुरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्दै सीताराम कट्टेल (धुर्मुस) आँगनमा आइपुगे । 


Advertisment
Nabil box
Kumari

    राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ओलीबीच केही बेर वार्तालाप गरे । चीनका राष्ट्रपतिले नेपालका प्रधानमन्त्रीलाई खेलौनाको रेल र पानी जहाज दिँदै गर्दा भने दर्शकको हाँसो थामिएन ।  यसरी देउसी भैलोमार्फत सिस्नुपानी नेपालले समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढङ्गबाट प्रस्तु गर्दै हँसाउन थालेको २१ वर्ष भयो । नेपाली हास्यव्यङ्ग्य साहित्यलाई उचाइ दिन २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालले देउसी भैलो खेलेर सरकार र प्रशासनलाई कडा रुपमा खबरदारी गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

    सोही देउसी भैलोलाई उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देउसी भैलोले नेतालाई जनताको पक्षमा काम गर्नका लागि सचेत गराएको बताउनुभयो । उहाँले नेपाली जनताले निरङ्कुशता वा राणाशासन कुनै पनि समयमा हार्न नजानेको भन्दै वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्दै सबै खालका विकृति–विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मँ भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, देश तीव्र गतिमा बन्छ, सुन तस्करी र भ्रष्टाचारीहरु समातिएको छ र समातिँदै छन् ।”

    त्यसैगरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलोले समाजका विकृति–विसङ्गति हटाउँदै समाजलाई सकारात्मक बाटोमा परिवर्तन गर्ने प्रयास गरेको टिप्पणी गर्नुभयो । “यहाँ भैलोमा प्रस्तुत गरिएको व्यङ्ग्यात्मक विषयवस्तु सबैले पचाउन सक्नुपर्छ नेता भएपछि फूलको माला मात्र होइन, जुत्ताको माला पनि लाउनुपर्छ,” उहाँले भन्नुभयो । देउसी भैलो हेर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सो देउसी भैलोबाट सङ्कलन गरिएको केही रकम प्रज्ञा–प्रतिष्ठान, स्रष्टा उपचार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x