कुटपिटबाट युवकको मृत्यु

प्रतिकात्मक तस्वीर

धम्बोझी – बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८ भुडकैयामा युवाको कुटपिटबाट घाइते भएका १ युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८ भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाको समूहले कुटपिट गरी घाइते बनाएका थिए ।


Advertisement

थारुको उपचारका क्रममा भारतको लखनउमा बिहीवार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । 

भाइटीकाको राति युवाको कुटपिटबाट ४ जना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७ कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायासहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कुटपिटमा संलग्न रहेको आशंकामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यहीँ युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरू भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्