२७ जेठ २०८३, बुधबार

हवाई कारवाहीमा छ तालिबान लडाकू मारिए

कात्तिक १४, २०७६
हवाई कारवाहीमा छ तालिबान लडाकू मारिए

तालुकान- अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् ।

लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारवाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले  बिहीवार बताएका छन् ।  

हवाई कारवाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस हवाई कारवाहीको क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ । 

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्