मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
धनुषा – जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीय छठको तयारीमा जुटेका छन् ।
यतिखेर बजारमा छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड लागेको देखिन्छ ।
प्रदेश २ को राजधानी जनकपुरसहितका सबै जिल्लाका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरीदबिक्री धमाधम भइरहेको छ ।
छठमा प्रयोग हुने सामानहरू कतिपय व्यापारीले टायरगाडामै राखेर गाउँघरमा बेचिरहेका छन् । यस्ता सामग्रीले भरिभराउ बनेका बजारले छठको रौनक बढेको स्थानीयको भनाइ छ ।
जनकपुर उपमहानगरपालिका शैलेश दासले भने, ‘बजार यतिबेला जताततै छठकै सामग्रीले भरिभराउ देखिएको छ, यही सामान किन्न बजारमा चहलपहल बढेको छ, यसले छठको रौनक पनि बढाएको छ ।’
बजारमा छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको छ । तराई मधेशमा छठ पर्वलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिन्छ । त्यही भएर छठको आगमनसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन् । ‘अरू बेलाभन्दा छठ पर्वका बेला बिक्री बढी हुन्छ,’ जनकपुरका कपडा पसलका सञ्चालक निरञ्जन साहले भने, ‘छठ पर्व हामी व्यापारीहरूका लागि पनि ठूलो उत्सव हो, यति बेला हामीलाई भ्याइँनभ्याइँ छ ।’
त्यसैगरी सीमावर्ती बजार मधवापुर, सुरसन्ड, भिट्ठामोड, जयनगर, बासोपट्टीमा पनि छठ सामग्री खरीद गर्न नेपालीको घुइँचो लागेको छ । खासगरी भारतीय बजारमा कपडा, लुगाफाटा, तेल, चिनी नेपालको बजारमा भन्दा निकै सस्तो पाइने भएको हुँदा नेपालीहरू सीमावर्ती बजारबाट खरीद गर्न पुग्ने गर्दछन् ।
छठ पर्वका लागि अहिले बजार भाउ केही महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको मुरली चोकमा छठ पर्वका लागि सामग्री खरीद गर्न पुगेका अशोक झाले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको सुनाए । उनले अरू बेला ५ रुपैयाँ गोटाले पाउने कागती अहिले २० रुपैयाँ गोटाभन्दा कममा पाउन मुस्किल भएको बताए ।
छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भन्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती, अदुवालगायत खरीद गर्नेको संख्या उल्लेख्य छ ।
अहिले केरा घरीको ४०० देखि १ हजार रुपैयाँसम्म बिक्री भएको व्यापारीहरु बताउँछन् । उखु जोडाको ८० रुपैयाँमा बिक्री भएको व्यापारीको भनाइ छ । छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको मूल्य अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।
मंगलवारदेखि बजारमा लाखौं रुपैयाँको केराको व्यापार भएको फलफूल व्यवसायी हनुमानप्रसाद साहले बताए । उनले विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको बताए । जनकपुरका फलफूल व्यवसायी नवीन साहले बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको बताए ।
प्रायःजसो सबै बजारमा अहिले केराकोे खरीदबिक्री गर्नेको ठूलै भीड लागेको देखिन्छ । स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रमसमेत जारी रहेको छ भने मुलुकका विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्न नसक्दा भारतको आसाम, हाजिपुर, दरभङ्गा, पटना लगायतका ठाउँमा केरा मगाएको जीवन फलफूल सेन्टरका सञ्चालक जीवन साहले बताए ।
तिहार र छठको बेला सबैले केरा खरीद गर्ने भएकाले केराको मूल्य आकासिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए । गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करीब ३० देखि ४० प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी छठ पर्वका लागि यहाँका जलाशय तथा घाटहरूमा सरसफाइ तथा सजावटको काम शुरू भइसकेको छ । नदी तथा पोखरीमा टेन्ट लगाएर सजावटको काम जोडतोडले भइरहेको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी, तलाउ, गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।
जनकपुरका मुख्य–मुख्य चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर लोकगीतले सारा जनकपुर, मिथिलाञ्चललगायत तराई मधेश नै अहिले छठमय उल्लास वातावरणमा डुबेको छ । रोजगारीका लागि भारतलगायत अन्य मुलुक गएकाहरू पनि छठ पर्व मान्न गाउँ फर्किरहेका छन् ।
दशैंतिहारमा गाउँ आउन नसक्नेहरू पनि छठमा घर फर्किरहेका छन् । रोजगारीका कारण अरू बेला सुनसान जस्तै बनेका गाउँघरमा यति बेला चहलपहल बढेको छ ।
छठ पर्व बुधबारदेखि विधिवत् रूपमा शुरू भएको छ । बुधवार व्रतालु महिलाहरुले नुहाएर मात्र खाएका छन्, जसलाई ‘नहा खाय’ भनिन्छ । यसै दिन व्रतालुले छठ पर्व गर्ने भनेर संकल्प लिन्छन् । यसको भोलिपल्ट अर्थात् बिहीवार दिनभरि व्रतालु महिला निराहार बसेर साँझ प्रसाद चढाउने गर्छन् । यो दिनलाई ‘खरना’ भनिन्छ ।
शनिवार बिहानदेखि पर्वमा प्रयोग हुने विभिन्न किसिमका पकवानहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अघ्र्य दिने चलन छ, यसलाई ‘संझियाघाट’ भनिन्छ ।
रातभरि पूजापाठ गरेर आइतबार उदाउँदो सूर्यको अघ्र्य दिएर छठ पर्वको समापन हुन्छ । छठ पर्व व्रतालु महिलासहित घरका अन्य सदस्यले निष्ठापूर्वक मनाउने चलन छ । छठ पर्वमा बनाउने प्रसाद ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । – अजयकुमार साह/रासस
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...