×

NMB BANK
NIC ASIA

टिप्पणी

कास्की– २ मा नेकपाको राजनीति : किन रोकियो विद्यालाई सर्वसम्मत उम्मेदवार बन्न ?

कात्तिक १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा– आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

Muktinath Bank

उपनिर्वाचनमा नेकपाका तर्फवाट रवीन्द्रपत्नी समेत रहेकी नेतृ विद्या भट्टराई प्रमुख दाबेदार हुन । नेकपा कास्की जिल्ला कमिटीले कात्तिक ८ मा विद्या भट्टराईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्‍यो । त्यसको भोलिपल्ट कात्तिक ९ गते बसेको नेकपा प्रदेश कमिटीको बैठकले विद्यासँगै सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम समेत सिफारिस गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यासँगै अन्य दुई जनाको नाम सिफारिस भएपछि नेकपाभित्र उम्मेदवार छान्ने विषयले तरंग सिर्जना गरेको छ । ‘हामीले सर्वसम्मत ढंगले गरेर विद्याको नाम केन्द्रलाई सिफारिस गरेका छौं, प्रदेशले पनि पठाएको थाहा पायौं, केन्द्रले उचित निर्णय लिने विश्वास छ,’ नेकपाका कास्की जिल्ला सह–इञ्चार्ज चूडामणि जंगलीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म साझा पार्टीले उम्मेदवार छानेर प्रचार–प्रसार शुरू गरिसकेको छ भने कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । कांग्रेस जिल्ला समितिले १६ जनाको नाम केन्द्रमा पठाएको छ । 

Vianet communication
Laxmi Bank

कांग्रेसका जिल्ला नेताहरूका अनुसार २०७४ सालमा रवीन्द्रसँग चुनाव लडेका देवराज चालिसे नै उम्मेदवार बन्ने सम्भावना प्रबल छ । यसका अतिरिक्त सोभियत अधिकारीको पनि चर्चा छ । शुरूमा केन्द्रीय सदस्य धनराज गुरुङ समेत यो क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेको थियो । 

किन थपियो दुई नाम ?

रवीन्द्र अधिकारीको निधनसँगै कास्की २ मा विद्याको चर्चा शुरू भएको थियो । शुरू–शुरूमा अन्य नेताको समेत चर्चा चलेपनि कास्कीमा विद्याको विकल्प नभएको निष्कर्षमा नेकपामा शीर्र्षनेताहरू पुगिसकेका छन् । 

कात्तिक ८ गते बसेको नेकपा जिल्ला कमिटीको बैठकमा बोलेका ३८ जना मध्ये २८ जनाले विद्याको नाम प्रस्ताव गरेपछि जिल्ला कमिटिले उनको नाम सर्वसम्मत रूपमा चयन गरेको थियो । जिल्ला कमिटीमा रहेका १ सय ५५ जनामध्ये अधिकांश सदस्य मौन बसेका थिए ।

विद्यार्थी कालमा अखिलको राजनीति गरेकी विद्या अहिले काठमाडौंको आरआर क्याम्पसमा पढाउँछिन् । चुनाव लड्न उनले सरकारी जागिरबाट भने राजीनामा दिनुपर्ने हुन्छ । 

कात्तिक ८ मा विद्याको नाममा सर्वसम्मति भएको भोलिपल्टै प्रदेश कमिटिले दुई नाम थपेपछि नेकपाभित्र विवाद रहेको सन्देश बाहिर फैलियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङ नेकपाको गण्डकी प्रदेश इञ्चार्ज हुन् । उनकै रुचिमा सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम परेको नेकपाभित्र चर्चा छ । तर पनि अन्तिममा विद्याको नाममै सर्वसम्मति हुने जिल्ला नेताहरूको दाबी छ ।

‘केन्द्रीय निर्वाचन विभागले तीनजनाको नाम मागेका कारण विद्यासँगै दुई जनाको नाम थपेर पठाइएको हो, अन्तिममा विद्याको नाममै सर्वसम्मति हुन्छ,’ नेकपा गण्डकी प्रदेश कमिटीका एक सदस्यले लोकान्तरसँग भने । 

विद्यासँगै सिफारिस भएका प्यासी कास्कीका पुराना वामपन्थी नेता हुन् भने राजकाजी गुरुङ २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा कास्की २ (ख) बाट नेपाली कांग्रेससँग पराजित भएका थिए । 

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने गुरुङ कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । पूर्व माओवादी पक्षलाई समेत सन्तुलन गरेर जानका लागि गुरुङको नाम सिफारिस गरेको प्रदेश कमिटीका एक सदस्य बताउँछन् । स्रोतका अनुसार प्रदेश कमिटीको बैठकमा बोलेका ३१ जना मध्ये २९ जनाले विद्याको नाम प्रस्ताव गरेका थिए । 

‘सोमनाथ प्यासी कमरेड कास्कीमा वामपन्थी राजनीतिमा योगदान गरेको व्यक्ति हो, तर उपनिर्वाचनमा मुख्य दाबेदार होइन, प्रदेशले नाम सिफारिश गरेको मात्र हो,’ नेकपा कास्की जिल्ला कमिटीका एक सदस्यले भने । प्यासीको नाम तत्कालीन नेकपा एमालेले २०७४ सालमा बुझाएको समानुपातिकको सूचीमा समेत रहेको छ ।

कस्तो छ चुनावी अंकगणित ?

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा एमालेका रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मत पाएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । प्रदेश सभामा लागि एक सीट नेकपा र एक सीट नेपाली कांग्रेसले हात पारेका थिए ।  

कास्की क्षेत्र नम्बर २ मा यसपटक साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । विगतमा नेपाली कांग्रेसको राजनीति गरेकी केसीको उम्मेदवारीले लोकतान्त्रिक आस्थाका भोट काटिने नेकपाको विश्लेषण छ । नेपाली कांग्रेसले भने नेकपा सरकारको अलोकप्रियताका कारण कास्कीमा नतिजा उल्टिने दबी गरेको छ ।

‘चुनाव लडुञ्जेल मात्र आफू पार्टीको उम्मेदवार, जितेपछि जनताको साझा प्रतिनिधि हुँ भन्ने रवीन्द्रको स्वभावका कारण नेकपाबाहेक विपक्षीहरूले पनि उहाँलाई मन पराउँथे,’ रवीन्द्र अधिकारी संसदको विकास समितिको सभापति र संस्कृति पर्यटन मन्त्री रहेको समयमा उनको पीए समेत रहेका नेकपा गण्डकी प्रदेश सम्पर्क कमिटीका सदस्य राजेन्द्र आचार्य भन्छन्, ‘विद्या भट्टराई उठ्दा कास्की २ मा चुनाव जित्न सजिलो छ । ’

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कात्तिक २१ मा उम्मेदवार मनोनयनको कार्यतालिका छ । 

नेपाली कांग्रेसले कात्तिक १७ गतेसम्म उम्मेदवार छानिसक्ने बताएको छ भने नेकपाले सचिवालय बैठक बसेर उम्मेदवारी टुंगो लगाउने जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधि सभाको कास्की २ को सीटका अलावा प्रदेश र स्थानीय तहका अन्य रिक्त सीटमा पनि उपनिर्वाचन हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x