×

NMB BANK
NIC ASIA

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिहीवारै अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटारमा फर्केको भएपनि उनको स्वास्थ्य अवस्थाका बारेमा आमचासो घटेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार अपराह्न राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएर २ दिन बिताएका प्रधानमन्त्री ओलीलाई ज्वरो आएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल स्रोतका अनुसार अस्पताल पुग्दा प्रधानमन्त्रीको अनुहार र हात खुट्टा केही सुन्निएको थियो । 


Advertisment
Nabil box
Kumari

जनाताको दुईतिहाइ मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा आमजनताले सामाजिक सञ्जालमार्फत पटक–पटक जानकारी मागिरहेका थिए ।

Vianet communication
Laxmi Bank

सञ्चारकर्मीहरू पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जान्न र बुझ्न निरन्तर अस्पताल परिसरमा खटिइरहेका थिए । तर प्रधानमन्त्रीको सचिवालयले समयमै सूचना दिएन ।

प्रधानमन्त्री अस्पतालमा भर्ना भइसकेपछिको आधा दिन जनताले वास्तविक सूचना पाउन सकेनन् ।

करीब १० घण्टापछि अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै 'सामान्य फलोअप' मात्र भएको सूचना दिए, जुन सूचना जनताले पत्याएनन् । 

अस्पताल स्रोतले प्रधानमन्त्रीको बुधवारै एक चरणको डायलासिस भएको सूचना चुहाइसकेको थियो । डायलासिस रगतमा रहेको विकार छानेर फाल्ने प्रक्रिया हो । प्रधानमन्त्रीको डायलासिस भएकै हो भन्ने सूचना पाउन सञ्चारकर्मीहरूले भोलिपल्ट बिहीवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइ कुर्नुपर्‍यो । 

त्यतिबेलासम्म कोही केही बोल्न तयार थिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि बुधवार लोकान्तरलाई 'सामान्य फलोअप' मात्र रहेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको बताए । आफू डाक्टरसँग नियमित सम्पर्कमै रहेको दाबी गर्दै अर्यालले बुधवारै दिउँसो डिस्चार्ज हुने सूचना दिएका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा  

प्रधानमन्त्रीको मिर्गौला फेरेको १२ वर्षभन्दा बढी भइसकेको छ । यो बीचमा फेरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गत साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाहसँग सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल पुगे ।

सिंगापुरमा उनको प्रारम्भिक परीक्षण गरियो र मिर्गौलाले काम गर्न छाडेको निष्कर्ष निकालियो । त्यतिबेलै मिर्गौला पुनः प्रत्यारोपण गर्ने विषयमा छलफल चलेको थियो । तर उपचारमा संलग्न डाक्टरहरूले अन्य विकल्प सुझाए । पहिलो विकल्प थियो प्लाज्मा फेरोसिस, दोस्रो नियमित डायलासिस र तेस्रो प्रत्यारोपण । 

प्रत्यारोपण अलि जोखिमयुक्त भएकाले त्यतिबेलै पहिलो विकल्पमा जाने निर्णय भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । ओली २७ गते नेपाल फर्किए ।

साउन ३० गते नेकपाको सचिवालय बैठक बस्ने कार्यक्रम रहेको थियो । नेताहरू भेला पनि भए तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ठीक नरहेकाले बैठक भोलिपल्टका लागि सरेको जानकारी दिए । सिंगापुरमा उपचार गरेर २७ गते नेपाल फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्य ३० गते नै खराब रहेको भन्दै प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूलाई बताएपछि बालुवाटारमा खैलाबैला भयो । 

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता श्रेष्ठलाई बोलाएर 'किन प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन भन्नुभयो ?' भन्दै झपारेका थिए । त्यतिबेलैदेखि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नरहेको भन्दै आम जनतामा चासो बढेको थियो । 

भदौ ५ गते प्रधानमन्त्री ओली प्लाज्मा फेरोसिसका लागि दोस्रोपटक सिंगापुर उडे । यसपालि उनको बसाई लम्बियो । प्लाज्मा फेरोसिसका सम्पूर्ण प्रक्रिया पूरा भएपछि २० गते नेपाल फर्किए । 

दोस्रोपटकको उपचारपछि प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको 'एन्टीबडी'लाई वैज्ञानिक विधिबाट हटाउने प्रक्रिया पूरा भएको र नियमित कामलाई निरन्तरता दिन सक्ने स्थितिमा रहेको दाबी गरिन् । 

उपचारका क्रममा प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका सल्लाहकार रिमालले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीको प्लाज्मा फेरोसिस पद्धतिबाट उपचार गरिएको जानकारी दिएका थिए । प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो । प्लाज्माले 'एन्टीबडी' बोक्ने काम गर्छ । 

भदौ २० गतेबाट प्रधानमन्त्री ओली नियमित काममा फर्किए । पार्टी एकताका कामहरू पूरा गर्नेदेखि लिएर विभिन्न कार्यक्रममा भाग लिने र विदेश भ्रमण जानेसम्मका काममा ओली सरिक भए ।

'प्रधानमन्त्रीलाई डाक्टरले पूर्णरूपमा आराम गर्नु भनेर पठाएका थिए तर उहाँले मान्नुभएन,' बालुवाटार स्रोत भन्छ, 'प्रत्येक कुरामा चासो लिने, आफैं अघि सर्ने र सञ्चारमाध्यममा आएका विषयवस्तुहरू पढेर तनाब लिने काम जारी राख्नुभयो । यही कारणले उहाँमा छिटो–छिटो समस्या देखिन शुरू भयो ।' 

प्लाज्मा फेरोसिस असफल, त्यसपछिको विकल्प के ?

प्रधानमन्त्री ओलीलाई गरिएको उपचार पद्धति 'प्लाज्मा फेरोसिस' पूर्णरूपमा असफल देखिएको छ । 

रगतमा एन्टीबडी बोक्ने प्लाज्मा नै हटाएपछि मिर्गौलाले काम गर्न सक्ने डाक्टरहरूको विश्वास थियो । तर पछिल्लो घटनाक्रमले त्यो सफल नभएको देखाएको छ । 

प्लाज्मा फेरोसिसपछि नियमित डायलासिस वा मिर्गौला पुनः प्रत्यारोपण दुई विकल्प रहेको मिर्गौला रोग विशेषज्ञ डाक्टर वर्षा श्रेष्ठ बताउँछन् । शुक्रवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'डायलासिस गर्नुपर्ने परिस्थिति आउनु भनेको प्लाज्मा फेरोसिस प्रक्रिया सफल नहुनु हो । अब दुई विकल्प मात्र सोच्न सकिन्छ, कि त नियमित डायलासिस गर्नुपर्‍यो नत्र भने मिर्गौला फेर्नुपर्‍यो ।' 

कतिपय अवस्थामा डायलासिसको केही चरण पार गरेपछि मिर्गौलाले नियमित काम गर्न सक्ने सम्भावना रहेको डाक्टर श्रेष्ठले बताए । 'दुईतीन चरण डायलासिस गरिसकेपछि क्रिटेनाइनको लेभल कतिमा झर्छ र युरिन आउटपुट कति हुन्छ त्यसमा भर पर्ने कुरा हो,' उनले भने, 'अहिले नै यही हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन ।' 

डायलासिसपछि युरिन आउटपुट सामान्य भयो र क्रिटेनाइनको स्तर कम भयो भने तत्कालका लागि सपोर्टिभ ट्रीटमेन्ट मात्र गर्दा हुने डाक्टर श्रेष्ठ बताउँछन् । 'यदि त्यसो भयो भने नियमित औषधि चाहिँ खानुपर्ने तर डायलासिसतिर नजान सकिन्छ,' डाक्टर श्रेष्ठले भने, 'यदि डायलासिस गरिसकेपछि पनि क्रिटेनाइनको लेवल हाइ हुँदै गयो र युरिन आउटपुट कम भयो भने मिर्गौलाले कामै गर्न छाड्यो भन्ने बुझिन्छ ।' 

डाक्टर श्रेष्ठकै भनाइ अनुसार प्रधानमन्त्री ओलीसँग दुई विकल्प मात्र बाँकी छन् । नियमित डायलासिस गर्ने अथवा मिर्गौला पुनः प्रत्यारोपण गर्ने । नियमित डायलासिस गर्नेको मिर्गौला प्रत्यारोपण गर्ने अवधि १ वर्षदेखि २०-२५ वर्षसम्म हुने डाक्टर श्रेष्ठको अनुभव छ । 

प्रधानमन्त्री ओलीको केसमा आफूले अहिल्यै केही भन्न नसक्ने उनले बताए । 

अपुष्ट स्रोतहरूमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्ने मनस्थितिमा पुगेको र मिर्गौला दिने मान्छे पनि तय भइसकेको बताएका छन् । 

यदि मिर्गौला प्रत्यारोपणकै विकल्पमा जाने हो भने प्रधानमन्त्री ओलीको हकमा धेरै नै जोखिम हुने र त्यो जोखिम नेपालका डाक्टरहरूले लिन नसक्ने आशयका भनाइ विभिन्न डाक्टरहरूले दिँदै आएका छन् । 

कति थियो प्रधानमन्त्रीको रगतमा 'क्रिटेनाइन लेभल' ? 

रगतमा क्रिटेनाइनको मात्रा बढेपछि शरीर केही सुनिने र असहज हुने गर्छ । स्वस्थ मानिसको रगतको प्रति १०० मिलिलिटर (१ डेसीलिटर)मा शून्य दशमलव ६ देखि १ दशमलव २ मिलिग्रामसम्म क्रिटेनाइन हुने गर्छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा सामान्य मानिसको भन्दा ७ गुणा बढी क्रिटेनाइन देखिएको थियो । यद्यपि बिहीवार साँझ गरिएको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले रगत परीक्षणको नतिजा गोपनीयताका कारण खुलाउन नमिल्ने बताएर पन्छिए । 

सामान्य भाषामाभन्दा क्रिटेनाइन शरीरभित्रको विकार हो । यो विकारलाई मिर्गौलाले निरन्तर फिल्टर गरेर पिसाबमार्फत बाहिर फ्याँक्ने गर्छ । शरीरमा क्रिटेनाइन बढ्नुको अर्थ मिर्गौलाले काम नगर्नु भएको डाक्टर श्रेष्ठ बताउँछन् । 

के सूचना लुकाइएकै हो ?

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा सही समयमा सही सूचना नदिएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सचिवालयप्रति आक्रोश पोख्ने काम शुक्रवार पनि मत्थर भएको छैन । 

तर सचिवालय स्रोतले भने सूचना नलुकाइएको दाबी गर्‍यो । लोकान्तरसँग कुरा गर्दै प्रधानमन्त्रीको सचिवालयबाट प्रतिप्रश्न आयो, 'के प्रधानमन्त्रीको ब्लड रिपोर्ट नै सार्वजनिक गर्नुपर्ने हो ? संसारको कुन सरकार प्रमुख बिरामी हुँदा रगतमा केको मात्रा कति छ भनेर सार्वजनिक गरेको देख्नुभएको छ ?'

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै यस्तै उत्तर दिएका थिए । गोपनीयताका कारण सबै सूचना दिन नमिल्ने जिकिर गरिएको थियो । तर सञ्चारकर्मीले रगत परीक्षणको रिपोर्ट मागिरहेका थिएनन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा सचिवालयले निरन्तर सार्वजनिक सूचना जारी गरोस् भन्ने सञ्चारकर्मी र आममानिसको आशय थियो । गोपनीयता नखुल्ने गरेर प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा निरन्तर अपडेट चाहिएको थियो सबैलाई । उक्त अपडेट दिन सचिवालय चुक्यो । 

बिहीवार बिहान १० बजे अस्पताल पुगेलगत्तै पछिपछि पुगेका पत्रकारहरूलाई अस्पताल अगाडिको फोटो पनि खिच्न सुरक्षा गार्डहरूले रोकिरहेका थिए । लोकान्तरकर्मीसँग मुख्य गेटमा रहेका एक सुरक्षाकर्मीले प्रधानमन्त्री ओली अस्पताल आएको भन्न पनि अन्कनाइरहेका थिए जबकि गेटबाटै ओली चढ्ने गाडी प्रष्ट देखिएको थियो । 

बुधवार १२ बजेतिर एक सञ्चारकर्मी आफू ग्राण्डी अस्पतालकै बिरामी भएको बहाना बनाएर प्रधानमन्त्री ओली रहेको नवौं तलामा पुगे । त्यो तला नै 'सिल' गरिएको थियो । उनलाई देख्नेबित्तिकै ओलीको सुरक्षामा खटिएका केही व्यक्तिले तत्काल तल जान भनिहाले । फोटो भिडियो छ कि भनेर मोबाइल चेक गरे । गोप्य रूपमा खिचिएका केही फोटाहरू डिलेट गर्न लगाए र चेतावनीसहित तल पठाए ।

अनि ग्राण्डी अस्पतालको परिसरमा ओलीको स्वास्थ्य अपडेट कुरिरहेका पत्रकारहरूबीच 'नरमाइलो' हल्ला फैलिन थाल्यो । त्यसपछि मूलधारकै सञ्चारमाध्यमहरूले विश्वसनीय स्रोतलाई छाडेर अनुमानकारिता गर्न थाले । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको स्टेटमेन्टसमेत विश्वास गर्न नसकिने भन्दै पत्रकारहरू रिसाएका थिए । 

सूचना प्रणालीको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको सचिवालय किन असफल भइरहेको छ ? यो अब बहसको विषय बन्नुपर्छ ।

भारतलगायत अन्य देशका भीभीआईपीको सचिवालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आधिकारिक सूचना प्रेसित गरिरहेका हुन्छन्, तर हाम्रा प्रधानमन्त्रीको सचिवालयले सूचना प्रवाहको व्यवस्थापन गर्न नसकेको प्रष्ट देखिएको छ । 

पछिल्लो अवस्था के छ ?

बिहीवार साँझ करीब ८ बजे अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटारमा फर्केका प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रवार प्रचण्ड पुगे । स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार दिउँसो करीब १२ बजे बालुवाटार पुगेका प्रचण्ड १ घण्टा ओलीसँग रहे । यद्यपि प्रधानमन्त्रीको सचिवालयले प्रचण्ड बालुवाटार पुगेको कुरा पुष्टि गर्न मानेन । 

प्रधानमन्त्री ओली बालुवाटारमा चिकित्सकको निगरानीमा छन् । उनको मेडिकल टीम अबको उपचार कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफलमा व्यस्त छ । सचिवालयलाई लागेको 'सूचना लुकाएको आरोप'प्रति ओली बेखबर छैनन् । 

उपचारको विकल्पका बारेमा पनि प्रधानमन्त्री ओलीले आफ्नो मेडिकल टीमसँग निरन्तर सल्लाह लिइरहेको स्रोतको दाबी छ । बालुवाटारमा नियमित डायलासिस गर्ने र पुनः प्रत्यारोपणमा जाने दुवै विकल्पमा छलफल भइरहेको छ । स्रोतका अनुसार सिंगापुरमा ओलीको उपचार गरेका डाक्टरहरूलाई पनि पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा इमेल गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x