×

NMB BANK
NIC ASIA

कर्णाली प्रादेशिक संग्राहलय : रङ्ग फेरियो, रूप फेरिँदै

कात्तिक १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – वीरेन्द्रनगरमा कर्णाली प्रादेशिक संग्राहलय छ ।

Sagarmatha Cement
Muktinath Bank

विसं २०५७ साल  साउन २ गते सोमवारका दिन उद्घाटन गरिएको उक्त संग्राहलय २०७५ साल असोज ५ गतेदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संग्रहालयमा ऐतिहासिक काँक्रेबिहारबाट प्राप्त पुरातात्विक वस्तुहरू, कलात्मक प्रस्तर मूर्तिहरू, फलामका प्राचिन हुकहरू राखिएका छन् । प्राचीन माटाका भाँडाहरू, जुम्लाबाट प्राप्त माटोका चःचहरू, हिमाली भेगका लामाहरूको संस्कृति झल्काउने भेषभुषा, भाँडा वर्तन, परम्परागत तोरी पेल्ने काठको कोल, काठमो मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, थांका, माझी जातिसँग सम्वन्धित माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामाग्रीहरू पनि त्यहाँ छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

तत्कालीन भेरी, कर्णाली राप्ती अञ्चलका कला, साहित्य, संस्कृति जगेर्ना गर्नको लागि उक्त संग्राहलय खोलिएको थियो ।

संग्राहलयमा संकलित सामाग्रीहरू अहिलेको पाँच नम्बर प्रदेशमा पर्ने बाँके, बर्दिया, रुकुम पूर्वका हुन् । तर देश नयाँ संरचनामा गएसँगै भएको परिवर्तनमा अब संग्राहलयमा कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, सल्यान, हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका कला साहित्य, संस्कार, परम्पराले प्राथमिकता पाउने भएका छन् । प्रदेश सरकार मातहत आइसकेको संग्राहलयमा अब कर्णालीको वास्तविक चित्र प्रष्ट देख्न सकिने भएको हो ।

रंग फेरियो,रूप फेरिँदै

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा संग्राहलयका लागि एक करोड बजेट रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा आएको एक करोड बजेटले संग्राहलयको रंगरोगन गरिएको र एक सानो भवन बनाइएको नि. प्रमुख डबल प्रसाद शर्माले लोकान्तरलाई बताए ।

‘२०७६ जेठमा हामीलाई काम गर्न पूर्ण अख्तियारी आएकोमा समय अभावका कारण हामीले सबै काम गर्न सकेनौं । उतिबेला कार्यालय प्रमुख अर्कै हुनुहुन्थ्यो भने उहाँले संघमा समायोजन रोजेर जेठ १२ गते सरुवा भइसकेपछि काम गर्नै सकिएन,’ उनले भने, ‘तैपनि हामीले ३५ लाख रुपैयाँ मर्मत सम्भार तथा रंगरोगनमा खर्चेका छौं ।’

हाल  संग्राहलय सीसीटीभी क्यामेरामय छ । प्रदेश सरकारको पाँच लाखमा पन्ध्र वटा क्यामेरा जडान गरिएको छ । अझैपनि केही क्यामेरा जडान गर्नुपर्ने अधिकृत शर्माको भनाइ छ ।

मौलिक पहिचान झल्किने संग्राहलय बनाइने

कर्णाली प्रदेशमा रहेको एक मात्र प्रादेशिक संग्राहलयलाई कर्णाली मैत्री संग्राहलयको रूपमा निर्माण गर्ने तयारी मन्त्रालयको छ ।

‘कर्णालीका मौलिक पहिचान, कला, साहित्य, प्रचलन, पौराणिक सम्पदाका तस्वीरहरूको संकलन, संरक्षण गर्ने र खस भाषा मैत्री संग्राहलय बनाउने गरी मन्त्रालयमा छलफल अघि बढिरहेको छ,’ नि. प्रमुख शर्माले भने, ‘अहिले मन्त्रालयले संग्राहलयको लागि एक नयाँ भवनका लागि पचास लाख तथा प्रादेशिक पुस्तकालयका लागि पचास लाख रुपैयाँ विनियोजन गरेको छ । अबको केही दिनमा नै हामी टेण्डर प्रक्रियामा जाँदैछौं र संग्राहलयको उद्घाटन मन्त्री दल रावलले गर्ने तयारी अघि बढिरहेको छ ।’

उनले प्रादेशिक पुस्तकालयमा राखिने पुस्तकहरू कर्णालीको बारेमा जानकारी दिने खालका हुने बताए । ‘हाम्रो खस भाषा, हाम्रो मौलिक साहित्य र संस्कृति तथा कर्णालीबारे लेखिएका पुस्तकहरू हाम्रो पहिलो प्राथमिकतामा पर्नेछन्,’ उनले भने, ‘त्यसका अलवा अन्य पुस्तकहरू केन्द्रीय पुस्तकालयसँग समन्वय गरेर राख्नेगरी योजना बनाइरहेका छौं ।’

उनले संग्राहलयमा पुरातात्विक विभागमा रहेका सामाग्रीहरू विभागसँगको सहकार्यमा कर्णालीमा ल्याइने बताए ।

आन्तरिक पर्यटकको संख्या बढ्दै

संग्राहलयमा राखिएका वस्तुहरूको अवलोकन गर्न आउनेहरूको संख्या विस्तारै बढ्दै गएको छ । हाल दैनिक पचासभन्दा बढी पर्यटकहरू संग्राहलय हेर्न आउने गरेका छन् ।

संग्राहलयमा सबैभन्दा बढी विद्यार्थीहरू आउने गरेका छन् । विद्यार्थीले पाँच, अन्य व्यक्तिले दश रुपैयाँको टिकट काट्ने व्यवस्था छ । क्यामराको २०, सार्क देशका नागरिकले ५० र अन्य देशका नागरिकको हकमा १०० टिकट दर कायम गरिएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ हजार ७० रुपैयाँ राजश्व संकलन भएको छ भने गत आर्थिक वर्षमा ९१ हजार २५ रुपैयाँ संकलन भएको बताइएको छ ।

दरबन्दी कम,चाप बढी

प्रदेश सरकार मातहत रहेको उक्त संग्राहलय कर्णाली प्रदेशका अन्य कार्यालय जस्तै कर्मचारी अभाव झेलिरहेको छ । १३ जनाको दरबन्दी स्वीकृत गरेको प्रदेश सरकारले हालसम्म सबै कर्मचारी पठाउन नसक्दा गर्नैपर्ने कतिपय काम अघि बढाउन कार्यालयलाई समस्या भएको छ ।

हाल कार्यालयमा एक जना अधिकृत, दुई जना ग्यालरी गार्ड, कम्फू एक जना र दुई जना कार्यालय सहयोगी रहेका छन् । गेटमा टिकट काट्ने जिम्मा खरदार तहका कर्मचारीको भएपनि कार्यालय सहयोगीको भरमा टिकट काटिँदै आएको छ ।

कर्मचारीको व्यवस्थापन गर्छौं:मन्त्री रावल

सामाजिक विकास मन्त्री दल रावलले कर्मचारीको व्यवस्थापन चाँडै गरिने बताए ।

‘संग्राहलयलाई ऐतिहासिक कर्णाली देखाउन मिल्ने खालको बनाउने हाम्रो लक्ष्य हो । हामी त्यही अनुरूप बजेट पठाउने र त्यसलाई कर्णाली प्रदेशको प्रादेशिक संग्राहलय तथा पुस्तकालय बनाउन चाहिरहेका छौं । त्यसका लागि काम अघि बढिसकेको छ,’ उनले भने, ‘कर्मचारीको हकमा ओएनएमका कारण केही ढिलाइ भएपनि अबको केही समयमै सकेसम्म दरबन्दी नै फुलफिल बनाउँछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x