२६ जेठ २०८३, मंगलबार

मेडिकल काउन्सिलले लिने ‘पिजी’ परीक्षा अन्योलमा

कात्तिक १७, २०७६
मेडिकल काउन्सिलले लिने ‘पिजी’ परीक्षा अन्योलमा

काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले लिने ‘पिजी’ परीक्षा अन्योलमा परेको छ ।

युवा चिकित्सक संघले शुक्रबार काउन्सिलका तीन पदाधिकारीको कार्यकक्ष नखोल्न भन्दै पत्र टाँसेपछि दैनिक कामकाजमा समस्या देखिएको हो । 

काउन्सिलले आगामी शनिबार ‘पिजी’को लाइसेन्स परीक्षा लिँदै छ । काउन्सिलले वार्षिक कार्यतालिकाअनुसार लाइसेन्स परीक्षा लिने गर्छ । काउन्सिलका निमित्त अध्यक्ष डा. नारायण थापाका अनुसार लाइसेन्स परीक्षाका लागि देशभरबाट सात सय विद्यार्थीले फारम भरेका छन् । संघका केही युवाले काउन्सिल अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको ढोकामा पत्र टाँस्दै तालाबन्दी गरेर गएका छन् । 

तालाबन्दीका कारण काउन्सिलका महत्वपूर्ण काम अवरुद्ध हुन पुगेको छ । तर, युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले परीक्षा अवरुद्ध बनाउने संघको उद्देश्य नभएको बताए । ‘परीक्षा शाखामा हामीले अवरोध गरेका छैनौँ । त्यही शाखाबाट परीक्षा लिन सकिन्छ,’ उनले भने । काउन्सिलका अनुसार आइतबारबाट प्रश्नपत्र बनाउन थाल्नुपर्ने थियो । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्