२६ जेठ २०८३, मंगलबार

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

कात्तिक १७, २०७६
राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छानेको छ ।

राप्रपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले कास्की, दाङ र बाग्लुङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छानेको हो ।

राप्रपाले कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् । 

उनका अनुसार दाङ र बाग्लुङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रमशः भुपाल राउत र गणेश कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

बैठकले कास्कीका उम्मेदवारको मनोनयन गर्दाका लागि पार्टी अध्यक्ष कमल थापा नै पोखरा जाने निर्णय समेत गरेको छ । भक्तपुरमा हुने प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारबारे यथाशीघ्र निर्णय हुने समेत राप्रपाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्