मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ।
पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् ।
प्रा डा देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउनुहुन्छ । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने उहाँको विश्लेषण छ । भट्टराई भन्नुहुन्छ, “च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।”
मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै उहा जोड दिनुुहन्छ, “जसले च्यातिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुन्छ ।” यसका अतिरिक्त छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीतलिंगीहरुको आकर्षण बढ्ने र यसले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा शरीरका अंग प्रत्यांग छोपेर हिँड्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल टुटेफुटेका, भाँडाकुँडा, घरमा राखेमा जुन ढंगको अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ, “च्यातिएका कपडा लगाएमा छुद्रता, दुष्टता, दरिद्रतातर्फ उन्मुख गराउँछ ।” यस्ता कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुनेमा जोड दिंदै उहाँ भन्नुहुन्छ, “यस्ता व्यक्तिले जति कमाउँछन्, उति नोक्सान गर्दै जान्छन् । क्षति र खती बढी हुन्छ ।”
संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदी च्यातिएका कपडाले अमंगल र कल्याण नहुने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “कपडा भनेको सम्मान र इज्जतको प्रतीक हो । जस्तो कपडा लगाउँछ, यसको जीवनचर्या त्यस्तै हुन्छ ।”
धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्यातिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्नेमा उहाँ जोड दिँदै उहाँ बताउनुहुन्छ, “च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्षतविक्षत, जीर्णशीर्ण अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।”
लेखक लक्ष्मण भण्डारी समाजले रुचाउने पोशाक लगाउनु पर्छ तर एकाएक गरिने परिवर्तन समाजका लागि पाच्य नहुने बताउनुुहन्छ । अर्काइभबाट
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...