२७ जेठ २०८३, बुधबार

महरा जेल गएपछि पूर्वमाओवादी नेताको प्रतिक्रिया - यो त अत्याचार नै भयो

कात्तिक १८, २०७६
महरा जेल गएपछि पूर्वमाओवादी नेताको प्रतिक्रिया - यो त अत्याचार नै भयो

काठमाडौँ -यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि तत्कालीन माओवादीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका छन् ।

तत्कालीन माओवादीनिकट भातृसंगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहिसकेका हिमाल शर्माले सामाजिक सञ्जाल फेसबुकमा महरालाई जेल चलान गर्नु अत्याचार भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसलेख्दै शर्माले भने, 'महरा सरलाई पुर्पक्षको लागी जेलमा पठाउने फैसला त अत्यचारै जस्तो लाग्यो !'

विगतमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय टीममा काम गरेका पत्रकार सन्तोष पौडेलले पनि यस्तै आक्रोशपूर्ण प्रतिक्रिया दिए ।

फेसबुकमा लेख्दै पौडेलले भने, 'महरालाई जेल, धेरै भयो झेल, किन यतिसारो हुँदैछ चलखेल ?'

पूर्वमाओवादी पक्षको एक तप्काले महरा निर्दोष रहेको र फसाउन खोजिएको भन्दै पहिल्यैदेखि खबरदारी गर्दै आइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्