आलमलाई आजीवन कारावासको मागदाबीसहित मुद्दा दायर

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

रौतहट –२२ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता अफताब आलम विरुद्ध ३ वटा फरक कसूरमा आजीवन कारावासको मागसहित जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ ।

आलमलाई जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले विष्फोटक पदार्थ उत्पादनसम्बन्धी कसूर, ज्यान मार्ने कसूर र ज्यान मार्ने उद्योगको कसूरमा मुद्दा चलाउने भएको हो ।


Advertisement

आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराध संहिताको दफा (१७७)अन्तर्गत ज्यान सम्बन्धी कसुरमा (ज्यान मार्ने उद्योग) समेत गरी आजीवन काराबासको सजाय मागदाबी गरेको हो ।

आलमका काका शेख इद्रिसको घरमा २०६४ साल चैत २८ गते बम विष्फोट भएको थियो । बम विष्फोटबाट घाइते भएकाहरूलाई आलमकै निर्देशनमा नजिकको इँटाभट्टामा लगेर जिउँदै जलाइएको आरोप उनीमाथि लागेको छ ।


Advertisement

आलम गत असोज २६ गते पक्राउ परेका थिए । उनलाई पटक-पटकको म्याद थपपछि सोमवार जिल्ला अदालत रौतहटमा पेश गरिएको हो ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्