आशिष अविरलले संगीत भरेको गीत पुन: ट्रेन्डिङमा [भिडियोसहित]

काठमाडौं-योगेश काजी र सारिका घिमिरेको 'हेल्लो' बोलको गीत सार्वजनिक भएको छ । 

गीतलाई कार्टुन क्रको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 


Advertisement

केही दिनअघि मात्रै रिलिज भएको गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङको ९ औं स्थानमा आइसकेको छ ।  

गीतको भिडियोमा कार्टुन क्रूका सरोज अधिकारी र आश्मा विश्वकर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 


Advertisement

बुद्ध थापाले खिचेको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । 

गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको हो । 

आशिष अविरलको संगीत र संगीत संयोजन रहेको गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् ।

आशिषले यसअघि ‘नाइँ मलाई था छैन’, ‘मीठो सारै मीठो’, ‘लाउनेले नजर लगायो त’, ‘माया लुकीलुकी’, ‘मेरो दुनियाँ बेग्लै छ’, ‘यो कुरा गोप्य’लगायतका गीतमा संगीत र संगीत संयोजन गरिसकेका छन् । 

भिडियो हेर्नुहोस् : 

कमेन्ट गर्नुहोस्