एनआइसी एशिया बैंक र युनीयन पे इन्टरनेसनलको सहकार्यमा कार्डको शुरूवात

काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडले युनीयन पे इन्टरनेसनलको सहकार्यमा एनआइसी एसिया युनीयन पे भर्चुअल कार्डको शुरूवात गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनीयनका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनीयन पे भर्चुअल कार्ड शुरू गरिएको हो ।


Advertisement

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको बैंकले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्