×

NMB BANK
NIC ASIA

आर्थिक अनियमितताको आरोपमा निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन शुरू

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –वित्तीय अनियमितताको आरोपमा निलम्बित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन समितिले छानबिन शुरू गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्र बैंकका सञ्चालक श्री राम पौड्याल नेतृत्वको ३ सदस्यीय छानबिन समितिले उनीसँग सम्बन्धित फाइल झिकाउने तयारी गरिरहेको एक सदस्यले लोकान्तरलाई जानकारी दिए । सरकारले पठाएको पत्रमा पर्याप्त विवरण नभएको भन्दै  अनुसन्धानका लागि उनीसँग सम्बन्धित फाइल नै झिकाउन लागिएको ती सदस्यले लोकान्तरलाई बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानबिन गर्नको लागि राष्ट्र बैंकलाई पत्र पठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको थियो । अर्थसचिवले सो पत्र राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा पेश गरेपश्चात सोमवार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले उनीमाथिको छानबिनका लागि ३ सदस्यीय समिति गठन गरेको छ । छानबिन समिति गठनपश्चात डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनका परेका छन् ।


Advertisment
Nabil box
Kumari

के छ सरकारले पठाएको पत्रमा ?
अर्थमन्त्रालय उच्च स्रोतबाट प्राप्त उक्त पत्रमा डेपुटी गभर्नर श्रेष्ठले आफ्नो पद अनुकुलको कार्य नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, नेपालले सम्पत्ति शुद्धीकरण निवारणका लागि गरेको प्रयासको अवमूल्यन गरेको लगायतको आरोप लगाइएको छ । 

Vianet communication
Laxmi Bank

अर्थमन्त्रालका वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वयन महाशाखाका उपसचिव गोविन्दप्रसाद सुवेदीले काटेको उक्त पत्रमा बैंक तथा वित्तीय संस्थाहरूको नियमनको काममा बदनियत राखेको, वैदेशिक भ्रमणमा जाँदा आफूले कानून बमोजिम पाउने भन्दा बढी सुविधा फर्जी कागजात तयार गरी लिई नेपाल राष्ट्र बैंकलाई हानी नोक्सानी पुर्‍याएको लगायतका विभिन्न आरोपहरू सहित निज उपर सम्पत्ति शुद्धिकरणको कसुरमा समेत थप अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान ऐन, २०६४ को दफा २१ बमोजिम सहयोग हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट लेखि आएको लगायतका कुराहरू उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x