राजधानीमा मासु पोलेको गन्ध कसरी फैलियो ?

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा रातको  समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे खुलासा भएको छ । 
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएसँगै रहस्य बाहिर आएको हो । 
प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला खोलामा रातको समयमा पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेको छ।  
स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए । गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले बताए । 
उनले त्यही जलाइएको गन्ध राति फैलिएको बताउँदै उनीहरुमाथि कानुनी कारबाही अघि बढाइसकिएको बताए । प्रहरीले उनीहरुमाथि वातावरण प्रदूषणसम्बन्धी मुद्दामा कारबाही गरिने बताएको छ । 


 


Advertisement

कमेन्ट गर्नुहोस्