×

NMB BANK
NIC ASIA

हिन्दू धर्म र माया सभ्यताबीच कुनै समानता छ ? यस्तो छ वास्तविकता

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतवर्षको हिन्दु धर्म र दक्षिण अमेरिकाको माया सभ्यतामा पनि समानता हुन सक्ला र ? यस्तो प्रश्न दिमागमा आउनु स्वाभाविक हो । भूगोलका भिन्न किनारामा फलेफुलेका यी सभ्यताहरूबीच साइनो कसरी बन्ला र ? तर दुवै सभ्यताको अध्ययन गरेका विद्वानहरूले केही समानता फेला पारेका छन् ।

Muktinath Bank

माया सभ्यताका अनुयायीहरू तीन भुवनसहितको त्रिदेवको अस्तित्वमा विश्वास गर्थे । जेगुअर (भौतिकता), सर्प (मन) र चरा (आत्मा) गरी त्रिमूर्तिको अस्तित्व छ भनी उनीहरू मान्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दु दर्शनका अनुसार यस विश्वब्रह्माण्डलाई त्रिमूर्तिले शासन गरेका छन् । ब्रह्मा (सर्जक), विष्णु (पालक) र शिव (विनाशक) त्रिदेव हुन् । हाम्रो ब्रह्मा, विष्णु र शंकरको त्रिमूर्तिजस्तै माया सभ्यतामा हो, हुईत्जिलपोख्त्ली र त्लालोकको समानता भेटिन्छ ।


Advertisment
Nabil box
Kumari

मायनहरूका अनुसार स्वर्गका तेह्र तह छन् भने नौवटा पाताललोक छन् । प्रत्येक लोकका आफ्नै देवता छन् । हिन्दु धर्ममा पनि चौध भुवनको कल्पना गरिएको छ । माथिका सात र तलका सात लोक गरी चौध लोक छन् ।

Vianet communication
Laxmi Bank

हिन्दु धर्ममा जस्तै मायनहरूको बहुदेववाद प्रचलनमा छ । साम्राज्यवादीहरूले माया सभ्यताका सबै धर्मग्रन्थ जलाएकाले उनीहरूको बारेमा धेरै कुरा थाहा हुन सकेको छैन । तैपनि साम्राज्यवादी शासकको पछि लागेर गएका क्रिस्चियन धर्मगुरु फ्रायर डिएगो दे लान्दाका अनुसार दक्षिण अमेरिकाको युकातानमा असंख्य मन्दिर र मूर्तिहरू रहेका थिए । यसबाटै थाहा हुन्छ कि मायनहरू पनि हिन्दुले जस्तै धेरैथरी देवता मान्थे । त्यही एक ब्रह्मको सगुण रूप धेरै देवतामा देखिन्छ भन्ने उनीहरूको विश्वास थियो ।

मायनहरूले देवताको मात्र मूर्ति नबनाएर जनावर र कीराहरूको पनि बनाएका थिए । उनीहरू आत्माको अमरता र परलोकमा विश्वास गर्थे । जनावर, पत्थर, रुख र नदीहरूमा पनि आत्मा हुन्छ भन्दै उनीहरू पूजा गर्थे र पवित्र मान्थे ।

मायन सभ्यतामा वैदिक धर्मको हल्का छायाँ थियो भन्ने कुरा केही शब्दबाट पनि थाहा लाग्छ । हाम्रो तन्त्रशास्त्रमा चलेको कुण्डलिनी भन्ने शब्द कुल्तुनलिल्नीका रूपमा माया सभ्यतामा प्रयोग हुन्थ्यो । कुल्तुनलिल्नीले दैवी शक्ति जनाउँथ्यो जसको जीवनशक्तिले मानवीय विकास सम्भव छ । हिन्दु धर्ममा पनि मानवभित्र रहेको जीवनशक्तिलाई श्वासको मद्दतले नियन्त्रण गरेर दैवी शक्ति जगाउने विश्वास गरिन्छ ।

हाम्रो योग माया सभ्यताको योकहाहसँग मिल्न जान्छ । योक भन्नाले माथि र उच्च भन्ने अर्थ लाग्छ भने हाह भन्नाले सत्य भन्ने अर्थ लाग्छ । उच्च तहको सत्यलाई साक्षात्कार गर्नका लागि योग नै उत्कृष्ट माध्यम हो । ऊर्जा र अन्तरीक्षविज्ञानलाई बुझ्न योकहाहको अध्ययन आवश्यक हुने मायनहरूको विश्वास थियो ।

त्यस्तै हिन्दु आयुर्वेद र मायनहरूको औषधीविज्ञानमा पनि समानता भेटिन्छन् । मायनहरूले शरीरको स्वास्थ्यका लागि मानसिक उपचार पनि महत्वपूर्ण हुने कुरा मान्छन् । मन र शरीरको निकट सम्बन्धका बारेमा उनीहरू जानकार थिए । आफ्नै वरिपरि उपलब्ध स्रोतसाधनबाट उनीहरू शल्यक्रिया गर्थे । जटिल शल्यक्रिया विधिहरू आयुर्वेदमा उल्लेख भएजस्तै उनीहरूका ग्रन्थमा पनि उल्लेख थिए ।

त्यसैगरी कोका लगायतका जडीबुटीको प्रयोग गरेर रोग निको पार्ने कुरामा पनि मायनहरू पोख्त थिए । आयुर्वेदले जडीबुटीलाई महत्व दिएजस्तै उनीहरू पनि प्राकृतिक जडीबुटीमा विश्वास गर्थे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x