×

NMB BANK
NIC ASIA

हिजो दिनभर : भारतले नयाँ नक्सामा नेपाली भूमि समेत समेट्यो, अब युएई जान पैसा नलाग्ने

कात्तिक २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल–भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत सरकारले जम्मु कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको थियो । पहिला अलग प्रदेशका रूपमा रहेका जम्मु कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि भारतले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । 
आइतवार सार्वजनिक भएको नक्सामा नेपालले आफ्नो भनी दाबी गरिरहेका भू–भागलाई आफ्नो नक्सामा समेटेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो देशभित्र राखेर नक्सा सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि सरकारले त्यसलाई सच्याउन तुरुन्तै कदम चाल्नुपर्ने संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पूर्वसभापति पद्मलाल विश्वकर्मा बताउँछन् । 


Advertisment
Nabil box
Kumari

विश्वकर्माले भने, पहिला लिपुलेकबाट आउने काली नदीलाई अन्तर्राष्ट्रिय सीमा मानिएको थियो तर यिनीहरूले अहिले नक्कली काली नदी बनाएर जालसाँजी गरिरहेको जस्तो देखिन्छ ।

Vianet communication
Laxmi Bank

नक्कली सुरक्षा क्याम्प राखेर भारतीय पक्षले नक्कली सीमा बनाउने काम गरिरहेको आरोप विश्वकर्माले लगाए । त्यही नक्कली सीमालाई भारतीय गृहमन्त्रालयले सदर गरेको उनको भनाइ छ । 

प्रदेश प्रमुखको सपथ
सातवटै प्रदेशका नवनियुक्त प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा मंगलवार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त प्रदेश प्रमुहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।

शपथ लिनेमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का प्रमुख तिलक परियार, प्रदेश ३ का प्रमुख विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठी छन् ।

सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा सोमवार नियुक्त गरेकी थिइन् । सोमवार नै सरकारले राष्ट्रपतिलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको थियो । 

वाम गठबन्धनबाट शाही उम्मेदवार

बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्यको उपचुनावमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार चयन भएका छन् ।
पार्टी केन्द्रले मंगलबार उम्मेदवारको टुङ्गो लगाएको राजमो जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिए । 

वाम तालमेलको सहमतिअनुसार उक्त क्षेत्रमा राजमोलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सघाउने भएको छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही राजमोको जिल्ला सदस्य हुन् । 
                            
मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन 
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । 

    राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित  कार्यक्रममा अध्यक्ष अन्सारीले  आयोगले आव २०७५÷७६ मा सम्पादन गरेको वार्षिक कार्यप्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गरेका हुन् । 
भण्डारीसमक्ष थारु आयोगको आव २०७५÷७६ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ ।

    बाँदर मार्न खोज्दा...

 ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । 

    सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

    तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
नेपाल–युएई श्रम समझदारी कार्यान्वयनमा
    
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी मंगलबारदेखि औपचारिक कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । 

    समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक काठमाडौँमा बसेको थियो । समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ ।

    बैठकले कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारेको छ । समझदारीअनुसार युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।  
मलेशिया रोजगारी 
वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । 

    वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । 

    विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ । 

    विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ । 

    वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ । 

शुक्रबार सार्वजनिक बिदा 

नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । 
    नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको उप–प्रमुख अधिकारीले बताइन् ।

    सङ्घमा दर्खास्त दिनेको सङ्ख्यामा कमी
    
लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५÷७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ । 

    आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५÷७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।  आयोगमा कूल एक हजार १७४ पदका लागि कूल एक लाख ४३ हजार ८४० दर्खास्त परेका थिए । आव २०७४÷७५ मा कूल तीन हजार २३८ पदका लागि पाँच लाख ६७ हजार ८५३ मा दर्खास्त परेका थिए । 

    आव २०७४÷७५ मा पनि आव २०७३÷७४ मा भन्दा ३३ प्रतिशत कम दर्खास्त परेको थियो । आव २०७४÷७५ मा वन सेवाका विभिन्न श्रेणीविहीन पदका लागि विज्ञापन नभएका कारणले कूल दर्खास्त सङ्ख्यामा न्यून देखिएको हो । 

    बैंकिङ कसुर मुद्दाका दोषी जेल चलान
 
    बंैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई मंगलबार कारागार चलान गरिएको छ । अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल मंगलबार कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

    बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ साल मङ्सिर २१ को फैसलाले सञ्जयलाई तीन वर्ष कैद र रु एक करोड ९५ लाख २६ हजार जरिवाना तथा लक्ष्मीदेवीलाई रु ७९ लाख २२ हजार जरिवाना र दुई वर्ष कैद तोकेको थियो । 

    विसं २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफूखुशीरुपमा जग्गाको अस्वाभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको हो । 

    सिआइबीको टोलीले उक्त सजाय बेरुजु रही फरार रहेका सञ्जयलाई कात्तिक १७ गते काठमाडौँको गौशालाबाट पक्राउ गरी मंगलबार जिल्ला अदालत काठमाडौँमा र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी मंगलबार जिल्ला अदालत पर्सामा बुझाएको थियो । 

सवारी दुर्घटनामा परी दैनिक सातको मृत्यु
    नेपाल प्रहरीको अभिलेखमा सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाले ज्यान गुमाउने गरेका छन् । झण्डै ७५ प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिएको छ । 

    “दुर्घटनामा दैनिक सातदेखि आठ जनाको ज्यान जाने गरेको छ, दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरवाही हो, त्यसपछि तीव्र गति छ”, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने । उनका अनुसार देशभर दैनिक साना ठूला गरेर ५५ देखि ६० वटा सवारी दुर्घटना हुने गरेको र उक्त दुर्घटनाबाट औसत १२ जना गम्भीर घाइते र २७ जना सामान्य घाइते हुने गरेका छन् ।

    प्रहरीको अभिलेख अनुसार आव २०७३÷७४ मा दुई हजार ३८४ (दैनिक औसत ६.५३) जनाले ज्यान गुमाएका थिए । आव २०७४÷७५ मा सवारी दुर्घटनाका कारण दुई हजार ५४१ (दैनिक औसत ६.९६) जना र आव २०७५÷७६ मा त्यो सङ्ख्या बढेर दुई हजार ७८९ (औसत ७.६४ जना) पुग्यो । यसमा चार हजार बढी गम्भीर घाइते भएका छन् । 

    चालू आवको साउनदेखि असोजसम्म मात्रै दुर्घटनाबाट ४१४ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला मात्रै सवारी दुर्घटनामा १३९ जनाले ज्यान गुमाएका छन् । 

    अझै तोकिएन चार्जिङ स्टेशनको महसुल

काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन ।

    नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरु उपभोक्ताले जतिकै महसुल बुझाउनुपरेको छ । 

  मनोनयनपत्र दर्ता बिहीबारदेखि

    आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । 

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
 
    उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

तेह्र करोड राजश्व छली 
तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । 

राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् ।

राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।  उनीहरु अहिले प्रहरी हिरासतमा छन् । 

सहमतिको राजनीतिलाई बिथोल्ने प्रयत्न : काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक भनेको छ । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

“सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । यसैबीच काँग्रेसले बुधबार उम्मेदवारको टुंगो लगाउने भएको छ । 

राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार भएको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो । उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    सेयर बजार पुनः ओरालो

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक मंगलबार भने सोही लयमा घटेको छ । 
    
    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ । 

    झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो । 

    कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ । 

    स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x