×

NMB BANK
NIC ASIA

पर्यटन प्रवर्द्धन गर्न मौलिक कार्यक्रम गलकोट घुम्टे महोत्सव हुने

कात्तिक २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

– घनश्याम गौतम
गलकोट –
बाग्लुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गलकोट पर्यटन विकास केन्द्र बाग्लुङले मंसिर ४ देखि ११ गतेसम्म महोत्सव गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गलकोट क्षेत्रको मौलिकपन झल्काउने र सांस्कृतिक तथा कृषि उपजको प्रर्दशनीसहित पर्यटकलाई आकर्षण गर्ने गरी मौलिक कार्यक्रमको रुपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गरिने भएको हो । 


Advertisment
Nabil box
Kumari

गलकोटका पर्यटकीय स्थल र संस्कृतिबारे प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य छ । सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्‍याउने गलकोट पर्यटन विकास केन्द्र बाग्लुङका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।

Vianet communication
Laxmi Bank

बाग्लुङ जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झर्ना र गुफा, उदय रीघा बुद्ध–बिहार, टेउवा, सहस्र धारा, पाण्डवखानी, निलुवा, नाँचने डाँडाको विशेष प्रचारप्रसार गरिने छ । 

गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन–कीर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोकदोहोरी तथा सांस्कृतिक प्रदर्शनी रहने छन् । 

गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउ लगायत खाद्यान्न पनि प्रदर्शन गरी बिक्री गरिने आयोजकले जानकारी दिएको छ । 

१ करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड रुपैयाँ खर्च लाग्ने र बचेको ४५ लाख रुपैयाँले गल्कोटको पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यवस्थापन समिति संयोजक मञ्जु शर्माले जानकारी दिइन् ।

गलकोट क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी गलकोटमा पर्यटक भित्र्याउने लक्ष्य राखेर आयेजना गरिएको महोत्सवको आन्तरिक तयारी तीब्र पारिएको छ । मेला सञ्चालन गर्न आर्थिक व्यवस्थापनको लागि केन्द्रको टोली देशका विभिन्न स्थानमा छलफलमा जुटेको छ । 

मेलाको ‘टाइटल स्पोन्सर’ प्रभू ग्रूपले गर्ने घोषणा गरेको केन्द्रका सचिवालय सदस्य मिलन केसीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x