कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडौं– प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयनका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
उक्त उपनिर्वाचनका लागि निर्वाचन आयोगले भोलि बिहीवार उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गराउन सकिनेछ ।
स्थानीय तहको हकमा भने २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्त गर्न सक्ने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
के–के चाहिन्छ उम्मेदवारी दिन ?
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि :
(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि/निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।
(२) .............. गाउँपालिका/नगरपालिकाको .............. वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।
(३) .............. नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(४) प्रतिनिधि सभा सदस्यको लागि रु. १०,०००।–(अक्षररुपी दशहजार) र प्रदेश सभा सदस्य को लागि रु. ५,०००।– (अक्षररुपी पाँचहजार) धरौटी ।
(५) मतदाता नम्बर : ..............
(६) सम्पत्ति विवरण :
(क) घर सङ्ख्या :
(ख) घर रहेको स्थान :
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल) :
(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।
स्थानीय तहका लागि :
(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।
(४) .............. नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि रु. १,५००।– (अक्षररुपी एकहजार पाँचसय) र वडा अध्यक्ष पदको लागि रु. १,०००।– (अक्षररुपी एकहजार) धरौटी राख्नुपर्ने ।
(६) मतदाता नम्बर : ..............
(७) सम्पत्ति विवरण
(क) घर संख्या :
(ख) घर रहेको स्थान :
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल) :
(८) अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...