×

NMB BANK
NIC ASIA

हिजो दिनभरः भारतले जारी गरेको नक्सा नेपाललाई अमान्य, आर्थिक मितव्ययिता अपनाउँदै निगम

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कालापानी क्षेत्र नेपालको भूभाग 

Sagarmatha Cement
Muktinath Bank

    नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले  कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा “दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” भनिएको छ । 


Advertisment
Nabil box
Kumari

    नेपाल सरकार नेपालको अन्तरराष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको  विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

आयोगको आह्वान 

    निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराएको छ ।

    उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोगको मिडिया सेन्टरमा बुधबार आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि  र मतदाताको सङ्ख्याका हिसाबले त्यति ठूलो नभए पनि उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको बताए । 

    प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा मङ्सिर १४ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचन हुँदैछ । कूल मतदाता चार लाख ५४ हजार ११४ मतदाता कायम गरिएको उक्त उपनिर्वाचनका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका आयोगले जानकारी दिएको छ ।

    उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको यही कात्तिक २१ बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । 

    स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ । उपनिर्वाचनका लागि मङ्सिर १४ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न आयोगले कात्तिक ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
काङ्ग्रेसले लगायो उम्मेदवारको टुङ्गो
 
नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । 

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को कमा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) केशव आचार्यको छनौट गरेको छ । स्थानीय तहका खाली विभिन्न पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले यसअघि नै उम्मेदवार चयन गरिसकेको छ ।

    आरोपपत्र दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

    सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिइएको टोलीले निज मौर्यलाई सेवाग्राहीसँग रु सात हजार घुस लिएको अवस्थामा प्रतापपुर गाउँपालिका–२ स्थित नौलो किराना पसलबाट नियन्त्रणमा लिएको थियो । 

    यसैगरी स्थानीय बजारबाट मालसामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीसँग भन्सार शुल्कबाहेक रु २० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बिओपी भनजी कैलालीको घुमुवा सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

आर्थिक मितव्ययिता अपनाउँदै निगम 
     
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ ।

    निगमले आलु आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो चार महिनाको अवधिमा रु दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै रु ४० अर्ब पुगेको छ ।

    निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताए । 

    निगमको प्रगति विवरणअनुसार चालू आवभित्र प्रणालीगत सुधारतर्फ रु एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबापत रु ५८ करोड २८ लाख गरी जम्मा रु दुई अर्ब २७ करोड ६१ ५९ हजार आर्थिक रकम बचत गर्ने प्रक्षेपण गरेको छ ।

    अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले बुधबार दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो । 

    प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’  जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरे । 
बलिउड अभिनेता गोविन्दा 

    बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन् । 

    वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भने, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”

    सोमबार पत्नी सुनितासँगै नेपाल आएका उनले बुधबार बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन समेत गरेका थिए । 
श्रीमतीको हत्या
  
सिरहाको कर्जन्हा नगरपालिकामा बुधबार एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन् ।
 
    बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । 

कात्तिक २२ गते सार्वजनिक बिदा

    चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । 

बैंकिङ कारोवारमा ठगी गर्ने तीन वर्षपछि पक्राउ 

बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

    जिल्ला अदालत काठमाडौँको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोवारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रु २६ लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेका अधिकारीलाई पक्राउ गरीे जिल्ला अदालत चितवनमा पेश गरिएकामा बुधबारै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

    अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेको तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेपछि जाहेरी परेको थियो । 

साझा पार्टीको आपत्ति

    साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

    पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “भारत सरकारको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।”

    नेपालका दर्जनौँ ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको निरन्तररुपमा विरोध गर्दै आएको जनाउँदै उक्त पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भ–ूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन सरकारसँग आग्रह गरेको छ ।

    मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा साझाले जोड दिएको छ ।

नेपाल युएईसँग पराजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।

    इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खायो ।

    खेलको २७ औँ मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईले खाता खोलेको थियो । त्यस्तै खेलको पहिलो हाफको ३८आँै मिनेटमा युएईका इशा खालिफानले एक गोल गर्दै अग्रता दोब्बर बनाए ।

    त्यस्तै खेलको ७१औँ मिनेटमा युएईका खालिफा युसुफले थप एक गोल गर्दै अग्रता तेब्बर बनाए भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्ला हामिदले एक गोल गरी युएईलाई ४–० को सहज जित दिलाए ।

    समूह डीमा रहेको नेपालले अब आयोजक इरानसँग शुक्रबार खेल्नेछ । 

गुटबन्दीरहित पार्टी निर्माण गर्छौंः अध्यक्ष दाहाल 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 
 गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्र्सवादी विचारमा प्रशिक्षण दिने र त्यहीअनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने उनको भनाइ छ ।

नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ हामी लाग्छौँ ।” 

चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष

    प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हँुदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको छ । 

    प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भएको छलफलमा प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार विप्लव माओवादीको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो ।

    यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ । प्रदेश नं ५ को अधिकांश भूभाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज रहेको छ । यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ । खुल्ला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र दुवैतर्फ अपराध गरेर भाग्ने गरेको अधिकांश घटना रहेका छन् । आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ ।

    बैठकमा सीमा सुरक्षासँगै हत्या, हिंसा, लागुपदार्थ दुव्र्यसनी, महिला हिंसा, जबर्जस्तीकरणी जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । 
स्विस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । 

    कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका दुर्गभ भेगका आठ हजारभन्दा बढी  स्थानामा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६प्रतिशतले वृद्धि भएको छ । 

    त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ । ती पुलका कारण एक करोड ८० लाख सर्वसाधारणलाई सुरक्षित रुपमा नदीनाला वारपार गर्न सजिलो भएको छ । आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुङ्गे पुल आवश्यक पर्नेछ । 

नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १.४४ बिन्दुले घटेर एक हजार १३८.०२ मा पुगेको छ । मङ्गलबार पनि नेप्से परिसूचक ०.८१ विन्दुले घटेको थियो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४१ विन्दुले घटेर २४९.७१ मा पुगेको छ । 

    नेप्से ओरालो लागेसँगै कारोबारमा पनि गिरावट आएको छ । बुधबार कुल १६० कम्पनीका सात लाख ५० हजार ३३ कित्ता शेयर रु २० करोड ६२ लाख ५३ हजार ८४७ मा खरिदबिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये चार समूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १७.१६ अङ्कले बढ्दा माइक्रोफाइनान्स ४.४७, जीवन बीमा २१.३८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ । 

    यस्तै बैङ्किङ ०.०३, होटल ७.६८, विकास बैङ्क ६.९५, जलविद्युत् ४.०३, फाइनान्स २.६२, निर्जीवन बीमा ४.३८, उत्पादन ७.७६ र अन्य उपसमूहका शेयर ६.८ अङ्कले घटेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x