कास्की– २ मा नेकपाकी विद्या भट्टराईले दर्ता गराइन् उम्मेदवारी

काठमाडौं – प्रतिनिधि सभातर्फ उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विद्याले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।


Advertisement

तत्कालीन मन्त्रीसमेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

विद्या स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

सो क्षेत्रबाट कांग्रेसका खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

कमेन्ट गर्नुहोस्