×

NMB BANK
NIC ASIA

कास्की– २ मा विद्या र खेमराजबीच मुख्य प्रतिस्पर्धा, दुवैले गराए उम्मेदवारी दर्ता

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा प्रमुख सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सरकारमै रहेको समाजवादी पार्टी तथा साना दलहरू साझा, विवेकशील लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Muktinath Bank

तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका तर्फबाट रवीन्द्रपत्नी विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । उनको उम्मेदवारीलाई कृष्णबहादुर थापाले प्रस्ताव र प्रभा कोइरालाले समर्थन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसका तर्फबाट खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग निकाल्दै आफूले चुनाव जित्ने दाबी गरेका थिए । 

Vianet communication
Laxmi Bank

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की २ मा दुई स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ ।

दलगत रूपमा नेकपा र कांग्रेसका अलावा समाजवादी पार्टी, राप्रपा, साझा पार्टी, विवेकशील नेपाली पार्टी, देशभक्त समाज लगायतले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अघिल्लो चुनावको नतिजालाई आधार मान्ने हो भने कास्की - २ मा नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् ।

वाम गठबन्धनका तर्फबाट तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्दा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

अन्य उम्मेदवारले प्राप्त गरेको मत उनीहरूको आसपास पनि थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x