आलमको थुनछेक बहस सकिएन, ३ जना सरकारी वकिलले गरे बहस

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

फाइल फोटो

काठमाडौं– आफ्ना सहयोगीलाई जिउँदै इँटा भट्टामा पोलेर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद आफताब आलममाथि थुनछेक बहस शुरू भएको छ । 

बिहीवार दिउँसो साढे २ बजे आलमको बयान सकिएपछि बिहीवारबाटै थुनछेक बहस शुरू भएको हो । मंगलबारदेखि शुरू भएको बयान सकिएर थुनछेक बहस शुरू भएको रौतहट जिल्ला अदातलतका श्रेस्तेदार गुणराज पराजुलीले बताए ।


Advertisement

नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यलयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, उप–न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधिवक्ता कार्यलय रौतहटका प्रमुख साहयक न्यायाधिवक्ता खगेन्द्रराज कटुवाले बहस गरेको श्रेस्तेदार पराजुलीले लोकान्तरलाई जानकारी दिए ।

भोलि (शुक्रवार) जिल्ला सरकारी वकिलको कार्यालय पर्साका वकिल रुद्र पन्थी र जिल्ला सरकारी वकिल कार्यलय रौतहटका रामप्रसाद पन्थीले बहस गरेपछि सरकारी वकिलको तर्फबाट बहस सकिने पराजुलीले जानकारी दिए ।

सरकारी वकिलको बहस सकिएपछि आलमको पक्षबाट उनका वकिलहरूले बहस गर्नेछन् । आलमको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी लगायत रौतहट पुगिसकेका छन् ।
 

कमेन्ट गर्नुहोस्