२ करोड ७० लाख ठगी प्रकरणमा रूपज्योति र सौरभज्योतिलाई पक्राउ गर्दै प्रहरी

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – २ करोड ७० लाख ठगी गरेको आरोपमा उद्योगपति तथा पूर्व सहायक अर्थमन्त्री डा. रूपज्योति, पद्मज्योति र  सौरभज्योति पक्राउ पर्ने भएका छन् ।

काठमाडौं महानगरपालिका ४ को बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्लले पूरक जाहेरी दिएपछि प्रहरीले रूपज्योति, सौरभज्योति लगायत ल्यान्डमार्क डेभलपर्स प्रा.लिका संचालकलाई पक्राउ गर्न लागेको प्रहरी स्रोतले जनाएको छ ।


Advertisement

२०७५ मंसिर ७ गते ल्यान्डमार्क डेभलपर्स प्रा.लि.ले काठमाडौं बाँसबारीमा बनाएको हाउजिङ्का घरका नाममा २ करोड ७० लाख ठगी गरेको भन्दै काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लले कम्पनी संचालक, सेयर धनीहरू डा. रूपज्योति, पद्मज्योति, सौरभज्योति, कमला कंसाकार, अभिकज्योति लगायत १० जना विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

२०७५ मंसिर २० गते रूपज्योति लगायत १० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जीका विरुद्ध २०७५ मंसिर २३ गते रुपज्योतिले निषेधाज्ञा रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।

सर्वोच्च अदालतले रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिटलाई खाजेर गरेसँगै रूपज्योति र सौरभज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

पढ्नुहोस् यो पनि - 

२ करोड ७० लाख ठगी प्रकरण: पूर्वअर्थ सहायक मन्त्री रूपज्योतिलाई पक्रिन सर्वोच्चले खोल्यो बाटो

 

 

कमेन्ट गर्नुहोस्