नेपाल म्यानमाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोली म्यानमाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । म्यान्माको मन्डला थ्री रङ्गशालामा आज भएको खेलमा नेपाल म्यानमासँग ३–० गोलले पराजित भएको हो । 

पहिलो हाफमा २–० गोलले पछि परेको नेपालविरुद्ध म्यान्माले मध्यान्तरपछिको खेलमा थप एक गोल ग¥यो । खेलको तेस्रो मिनेटमै म्यानमाले गोल गरेको थियो । उसका लागि म्यीन्ट तुन अउङ्गले गोल गरेका थिए । दोस्रो गोल म्यानमाका डेभिड हटनले गरेका थिए । म्यानमाले खेलको ६९औँ मिनेटमा तेस्रो गोल गरेको थियो । नेपाल यसअघि सन् २००८ मा भारतमा भएको एएफसी च्यालेन्ज कपमा पनि म्यानमासँग ३–० गोलले पराजित भएको थियो । विश्व कप छनोटअन्तर्गत मङ्सिर ३ गते कुबेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमासँग मैत्रीपूर्ण खेल खेलेको हो । विश्वकप छनोटको सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्