×

NMB BANK
NIC ASIA

यी हुन् आन्द्राको क्यान्सर कारण र रोकथामका उपाय

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  नेपालमा आन्द्राको क्यान्सरका बिरामी बढिरहेका छन् । पेटमा हुने क्यान्सरमध्ये आमाशय र ठूलो आन्द्राको क्यान्सर धेरैमा देखिने समस्या हो । सामान्यतया कोलम र रेक्टम आन्द्राको तलतिरको भाग हो, जसलाई ठूलो आन्द्रा भनिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

कारण


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उमेर बढ्दै जानु आन्द्राको क्यान्सरको प्रमुख कारण मानिन्छ । सामान्यतया ५० वर्षभन्दा माथिका व्यक्तिमा क्यान्सरको सम्भावना बढी हुने गर्छ । तर, पछिल्लो समय युवा उमेरमै आन्द्राको क्यान्सर देखिन थालेको छ ।  
वंशाणुगत गुणबाट पनि आन्द्राको क्यान्सर हुन सक्छ । परिवारका कुनै सदस्यमा आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ । 


Advertisment
Nabil box
Kumari

अस्वस्थ खानपान क्यान्सरको अर्को कारण मानिन्छ । अत्यधिक रातो मासु सेवनले क्यान्सरको जोखिम बढाउँछ । त्यस्तै, हिजोआज तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा कीटनाशक औषधि वा केमिकलको प्रयोग हुने गर्छ । जसले गर्दा समेत स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ ।  

Vianet communication
Laxmi Bank

मोटोपनाले गर्दा पनि आन्द्राको क्यान्सर हुन सक्छ । 

आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । 

कसरी थाहा पाउने ?

 एडिनोमाबाट भएको आन्द्राको समस्या बिस्तारै क्यान्सरमा परिणत हुने गर्छ । समयमै समस्या पत्ता लागेमा यसबाट जोगिन सकिन्छ ।  

 आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । 

५० वर्ष पार गरेका व्यक्तिमा यस्तो समस्या धेरै देखिने गर्छ । ती व्यक्तिले स्क्रिनिङ गरेर आफ्नो स्वास्थ्य स्थिति ठीक भए÷नभएको पत्ता लगाउन सक्छन् । 

कालो दिसा, भोक कम लाग्ने, दुब्लाउँदै जाने, पेट दुख्नेजस्ता समस्या यसका लक्षण हुन् । आन्द्राको माथिल्लो भागमा क्यान्सर भएमा रगतको कमी हुने, आन्द्रा बन्द भएर पेट सुन्निने, कमजोरीपन देखिने समस्या आउँछ । कतिपयमा क्यान्सरले गर्दा आन्द्रा फुट्ने हुन्छ ।

क्यान्सरको शुरूको चरणमा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने हुन्छ । क्यान्सर जटिल हुँदै गएपछि आन्द्रा बन्द हुने, पेट सुन्निने, बान्ता हुने, अत्यधिक रक्तश्राव हुने समस्या देखिन्छ ।   

रोकथाम र उपचार

 मोटोपन भएका व्यक्तिमा क्यान्सरको जोखिम धेरै रहने भएकाले तौल नियन्त्रण आवश्यक छ । त्यस्तै, दैनिक एक्सरसाइज रोकथामको प्रभावकारी उपाय हो ।

 स्वस्थ खानपानमा ध्यान दिनुपर्छ । फाइबर, प्रोटिन, काब्र्रोहाइडेट पर्याप्त मात्रामा पाइने खाना मात्रा मिलाएर  खान आवश्यक छ ।

 प्रभावित अंग र समस्या कुन चरणमा छ भन्ने आधारमा फरक– फरक ढंगले आन्द्राको क्यान्सरको उपचार हुने गर्छ । शल्यक्रियाको माध्यमबाट प्रभावित अंग निकालेर उपचार गरिन्छ । तर, क्यान्सर जटिल चरणमा पुगिसकेको अवस्थामा किमोथेरापीबाट उपचार गरिन्छ । 

 ननक्युरेटिभ  स्टेजमा पुगिसकेपछि उपचार गर्न सकिँदैन । तर, रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट समस्या नियन्त्रण गर्न सकिन्छ । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x