माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
काठमाडौैं – उसु प्रशिक्षक आङबाबु लामा भन्छन् :
मैले उसु खेल्न थालेको २१ वर्ष भयो । अहिले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत काठमाडौं जिल्लाको उसु प्रशिक्षक छु । मैले एघारौँ दक्षिण एसियाली खेलमा उसुबाटै स्वर्णपदक पाइसकेको छु, यसबाहेक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जितेको छु ।
चिनियाँ शब्द उ को अर्थ मार्सल र सु को अर्थ आर्टस् मिलेर उसु बनेको हो । यो चाइनिज मार्सल आर्टस् हो । मार्सल आर्टस्का अन्य विधाझैँ उसुले पनि आत्मरक्षा गर्न सिकाउँछ ।
अनुशासन, फिटनेस, फोकस र आत्मविश्वासका लागि उसु आवश्यक छ । बालबालिकाको हकमा शारीरिक विकासमा सहयोग गर्छ । उसुलाई दुई भागमा छुट्याइएको छ, ‘थाउलु’ र ‘सान्सौँ’ । यसअन्तर्गत विभिन्न इभेन्ट हुन्छन् – जुन पाँच वर्षदेखि सय वर्षसम्मका व्यक्तिले समेत खेल्न मिल्छ । तर, सबैले सबै इभेन्ट खेल्न सक्छन् भन्ने होइन ।
सान्सौँ
यो फाइट इभेन्ट हो । यसमा खेलाडीको तौल समूहअनुसार प्रतिस्पर्धा हुन्छ । लेडिज जेन्स दुवैले आफ्नै तौल समूहका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्छन् । रेस्लिङमा लडाउने, पछार्ने, घुमाउने भएजस्तो उसुको फाइटमा अलराउन्डर टेक्निक युज हुन्छ । दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकवचका रूपमा चेस्टगार्ड, ग्लोभ्स प्रयोग गरिएको हुन्छ । स्ट्यान्डनबाई रूपमा सुरक्षा व्यवस्था गरेर यो खेल खेलाइन्छ । कसैलाई चोटपटक नलागोस् भनेर चनाखो भइन्छ ।
थाउलु
यसमा तरबार, लठ्ठी, भाला घुमाउने खेल हुन्छ । यस विधाअन्तर्गत प्रतिस्पर्धीबीच प्रत्यक्ष भिडन्त हुँदैन, सहभागीले आ–आफ्नो कला देखाउँछन् । थाउलुमा अन्तर्राष्ट्रिय नियमअनुसार तीन प्रकारका तरबार प्रयोग गरिन्छ । अलि मोटोले खेल्ने र पातलो मान्छेले खेल्ने तरबार भिन्नाभिन्नै हुन्छ । एकदमै मसल्स भएको, बडी भएको, पावरफुल, एकदमै हेभी टाइपका व्यक्तिले खेल्ने तरबार हेभी नै हुन्छ । लठ्ठी पनि इभेन्टअनुसार बनाइएको हुन्छ । थाउलुभित्र विभिन्न इभेन्ट छन् । यसमध्ये ‘छान छ्वान’ एउटा हो । चीनको उत्तरी भेगबाट यसको सुरुवात भएको हो । त्यस्तै, ‘नान छ्वान’ चाइनाको दक्षिणी भागमा सुरु भएको हो । अर्को इभेन्ट ‘थाइची छ्वान’ हो, यसलाई कसैले ‘थाइची’ त कसैले ताइची पनि भन्ने गर्छन् । तर, चाइनिजले यसको उच्चारण गर्दा ‘थाइची छ्वान’ भन्छन् ।
आकर्षण र फाइदा
उसु खेलाडीले प्रयोग गर्ने ड्रेस निकै आकर्षक र महँगो पनि हुन्छ । यस खेलमा सबै खेलाडीले एउटै ड्रेस लगाउनुपर्छ भन्ने छैन । खेलाडीले निश्चित मापदण्डअन्तर्गत आ–आफ्नो च्वाइसका रंगीचंगी ड्रेस लगाउँछन्, त्यसैले उनीहरू ग्ल्यामरस देखिन्छन् ।
स्वास्थ्यका लागि उसु निकै आवश्यक खेल हो । आत्मरक्षा यसको पहिलो मन्त्र हो । यसले मानिसमा सकारात्मक सोच, शान्ति तथा शारीरिक र मानसिक विकास गराउँछ । उसुमा श्वास–प्रश्वास सन्तुलित राख्ने गरी ध्यानकै शैलीमा विभिन्न टेक्निक प्रयोग गरिएको हुन्छ । उसुअन्तर्गत ‘थाइची छ्वान’ खेल विश्वमा पछिल्लो समय निकै लोकप्रिय छ । यसमा बलको धेरै प्रयोग हुँदैन ।
खेलाडीको मानसिक र शारीरिक फिटनेसमा जोड दिइन्छ, बाहिरबाट निकै हल्काजस्ता देखिने खेलाडी भित्रबाट मजबुत हुन्छन् । पछिल्लो समय केही मुभमेन्ट थपेर उसुका प्रतिस्पर्धालाई रोमाञ्चक बनाउन थालिएको छ । खेलाडीकै रूपमा करिअर बनाउन चाहनेले सानैदेखि उसु सिक्न सुरु गर्दा राम्रो, तर अभ्यास र फिटनेसका लागि जुनसुकै उमेरकाले व्यक्तिले पनि उसु खेल्दा हुन्छ । नयाँ पत्रिकामा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...