एकैदिन ७ सयले घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

काठमाडौं – शुक्रवार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । 

शुक्रवार छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।


Advertisement

बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनमा  प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको हो । गत आइतवारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बिहीवार भने बढ्न पुगेको थियो ।

शुक्रवार तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

कमेन्ट गर्नुहोस्