भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कात्तिक २२, २०७६
काठमाडौं – बोलिभियाको एक शहरकी मेयरलाई रातो रंगमा डुबाएर कपाल मुण्ड्याइएको छ । विपक्षी दलका दुई कार्यकर्ताको हत्यामा उनी दोषी रहेको आरोप लगाउँदै विरोधकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।
सत्तारूढ मास पार्टीकी मेयर पेट्रिसिया आर्सलाई बुधवार भिन्टो टाउन हलबाट घिसारेर बाहिर निकालियो र चार घन्टासम्म अपमान सहन बाध्य बनाइयो । उनलाई घुँडा मारेर बस्न र राजीनामापत्र लेख्न समेत लगाइयो ।
लट्ठी बोकेका अनि मुकुण्डो लगाएका युवाहरूले ‘हत्यारा, हत्यारा’ भन्दै नारा लगाए अनि आर्सलाई एक मञ्चमा लगेर कपाल काटिदिए ।
अक्टोबर २० मा राष्ट्रपति इभो मोरालेसले चुनाव जितेदेखि बोलिभियामा खतरनाक विरोध प्रदर्शन भइरहेका छन् । निर्वाचनमा धाँधली गरिएको आरोप विपक्षीहरूले लगाएका छन् ।
बुधवार दंगाबाजहरूले भिन्टो जाने बाटोको पुलमा अवरोध गरिरहँदा छिमेकी शहरमा दुईजना विरोधकर्ताहरू मारिएको हल्ला फैलियो ।
पछि कोचाबाम्बा शहरमा २० वर्षीय एक विद्यार्थी सरकारपक्षीय र सरकारविरोधीबीचको भिडन्तमा मारिएको पुष्टि भयो ।
त्यसपछि आक्रोशित भीड टाउन हल पुग्यो र आर्समाथि हत्याको आरोप लगायो ।
उनलाई घुँडा मारेर बस्न लगाइयो अनि राजीनामापत्रमा हस्ताक्षर गर्न समेत भनियो ।
क्षेत्रीय प्रहरी कमान्डर वाल्टर एल्भिसले उनलाई भ्यानमा राखेर उद्धार गरे । भ्यान दौडिँदा त्यसमा लगातार ढुंगा प्रहार गरिएको बताइएको छ ।
VEAN como la oposición de #Bolivia, llena de odio y frustrada por la derrota en las elecciones presidenciales que ganó @evoespueblo, agreden y secuestran a la alcaldesa de Vinto (Cochabamba), Patricia Arce, y queman la infraestructura de la Alcaldía. pic.twitter.com/TcPcGgr1mg
— Javier Alexander Roa (@RoaJavier) November 6, 2019
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...