×

NMB BANK
NIC ASIA

यस्तो बन्दैछ हिटिङ पुल

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –भवनमा प्रवेश गरेलगत्तै ‘चेन्जिङ रूम’ मा पुगिन्छ । जुन कामदारहरूको बस्ने कोठा र खाना पकाउने किचनको रूपमा प्रयोग भइरहेको छ ।

Muktinath Bank

ती कोठाहरूसँगै रहेका बाथरुमको ‘फिनिसिङ’ भने भएको छैन । कोठातिर उक्लिने भर्‍याङ पनि ‘रफ’ नै देखिन्छ । भर्‍याङ उक्लिएलगत्तै अगाडि हेर्दा ठूलो खाडल सामुन्ने छ, जहाँ चार जना महिलाले धूलो बढार्ने र टिप्ने काम गरिरहेका छन् । छानो हाल्नका लागि तयार भएको ‘ट्रस्ट’ रंगाउने काममा एक दर्जन खटिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण गरिएका भित्तामा छिटपुट देखिएका टुटफुटमा एक जनाले सिमेन्ट भर्दैछन् ।


Advertisment
Nabil box
Kumari

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडीपरिसरमा निर्माणाधीन इन्डोर स्विमिङ पुल (हिटिङ सिस्टमवाला) मा शुक्रबार दिउँसोको देखिएको दृश्य हो यो । यससँगै सीमा जोडिएको छ, सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का लागि बनाइएको ५० मिटर लम्बाइको खुला स्विमिङ पुलको ।

Vianet communication
Laxmi Bank

२० वर्षअघिको उक्त पुलमा जाडोका कारण पौडी खेल्नेहरू देखिँदैनन् । तर, पौडिनेका लागि तयार उक्त पुलले छिमेकी बन्न आइपुगेको हिटिङ सिस्टमको स्विमिङ पुललाई जिस्क्याइरहे जस्तो लाग्छ । अहिले झट्टै हेर्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य यो हो कि मंसिर १५ देखि नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीको प्रतियोगितास्थल यही हिटिङ सिस्टमवाला स्विमिङ पुल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग २०७४ सालमा भएको सम्झौताअनुसार ठेक्का पाएको किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले १८ महिनाभित्र हिटिङ सिस्टमको स्विमिङ पुल बनाइसक्नुपर्थ्यो । त्यो अवधिको सीमा भनेको चैतमसान्त थियो । तर, समय गुज्रँदै जाँदा पुलको भौतिक पूर्वाधारका काम सम्बन्धित विभागका मन्त्री र सदस्य–सचिवको भाषणमा मात्रै बनिरहेको थियो । सातदोबाटोको अवस्था भने सम्झौता र दुई–चार मजदुरको ठाकठुकमै सीमित थियो । ठेकेदार कम्पनीले दिएको अर्को समय (कात्तिक १५) पनि सकियो तर स्विमिङ पुल तयार भएन । ५ फिट गहिरो पुलको लागि अर्को समयसीमा तोकिएको छ, कात्तिकमसान्त ।

२० करोड रुपैयाँ बढीको योजनाबारे नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न वज्राचार्यले शुक्रबार भने, ‘ट्रस्टको काम सकियो । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x