माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कात्तिक २३, २०७६
रौतहट –कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ ।
विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छिन् ।
२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा हिरासतमा रहेका आलमविरुद्ध अदालतमा थुनछेक बहस जारी रहेकै वेला अमना बयान फेर्दै अदालत पुगेकी हुन् । उनले बिहीबार पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी थिइन् । तर, शुक्रबार भने अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी हुन् ।
जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार अमनाले आलमविरुद्ध बयान फेर्दै आफ्ना पति इँटाभट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको निवेदन दिएको जानकारी दिए । इँट्टाभट्टामा जलाएर मारिएका भनिएका ओसी वैदेशिक रोजगारमा गएर नफर्किएको व्यहोरासहितको निवेदन उनले अदालतमा दर्ता गराएकी छिन् । श्रेस्तेदार पराजुलीले भने, ‘मेरो श्रीमान् विदेशमा गएपछि बा“चेको या मरेको खबर नआएको भन्दै उनी अदालतमा आएकी हुन् ।’
पीडितहरूको पक्षमा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले पनि पीडितपक्षका एकजनाले बयान फेर्दै अदालतमा निवेदन दिएको पुष्टि गरे । ‘आलम प्रकरणमा बिहीबारदेखि थुनछेक बहस सुरु भयो । तर, बहस नसकिँदै एकजना साक्षी बयान बदल्न बेन्च आइपुगे,’ डा. संग्रौलाले भने । डा. संग्रौलाले यसअघि आफूहरूसँगको भेटमा अमनाले पछिल्ला दिन आफू विचलित भएको बताएकी थिइन् । ‘छोराको हत्यारालाई पक्राउ गर्न जाहेरी दिएकी सासु रोक्सना खातुनको पनि हत्या भएपछि आफू विचलित भएको उनले बताएकी थिइन्,’ शुक्रबार अदालतमै आएर बयान बदलिन् ।’ नयाँ पत्रिकामा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...