×

NMB BANK
NIC ASIA

राउटेका कथा : ‘आदिबिम्ब’ लाई नियाल्दा

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रमेश भट्टराई ‘सहृदयी’ –
एकजना घनिष्ट मित्रले हातमा थमाइदिनुभयो “आदिबिम्ब” नामको पुस्तक । फुर्सद नभएरै निकै दिन यत्तिकै थन्क्याएर राखेको रहेछु । शीर्षक नियालें अहो ! मानिसको सभ्यता नियालिएछ क्यार । फेरि पुस्तकको बाहिरी आवरणमा नै सानो अक्षरमा लेखिएको रहेछ “राउटे बस्तीका कथा” । थाहा भयो, मेरा मित्र तथा नव साहित्यकार रामकृष्ण आचार्य ‘विशेष्य’ ले प्लाटिनम पब्लिकेसनबाट यो ऐतिहासिक गाथाको कथा बोकेको पुस्तकलाई बजार ल्याइसक्नुभएको रहेछ । मानव सभ्यतालाई, इतिहासलाई, हाम्रा आदिपुस्तालाई सम्झेर राउटे जातिको अवस्थालाई बडो सान्दर्भिक चर्चा गरिएको रहेछ । 

Muktinath Bank

खुसी लाग्यो प्रा.डा. यादवप्रकाश लामिछाने सर जसले समाजको विसङ्गतलाई शल्यक्रिया गर्ने खुबी राख्नुहुन्छ– उहाँको विचार रहेछ । साथमा प्रा.डा. शुष्मा आचार्य जसको लेखनीले नारीत्व आभालाई समाजसँग तिखार्ने असीम कला राख्छ । आदरणीय गुरु तथा साहित्यकार डा. मधुसूदन गिरीको कलमी विश्लेषणलाई नियालेँ । आदरणीय गुरुहरूका साथमा प्रा.डा. रामचन्द्र लम्सालको विचार भावना पढेपछि आदिबिम्बको मूल बिम्बभित्रको महत्तालाई केलाएँ । तब लाग्यो लेखक आचार्यको यो आदिबिम्ब साँच्चै नवीन र यथार्थ साहित्यको एउटा पृथक आलोक हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिसले सभ्यतासँग सिकेका रहस्य अमूल्य छन् । राउटेका कथा जुन समाजमा उस्तो प्रदर्शित थिएनन् जसलाई कथाकार आचार्यले बाहिर ल्याएर एउटा नौलो कार्य गर्नुभयो । सबैले थाहा पाउनुपर्ने विषयवस्तुलाई कथात्मक आयाम दिनुभयो । समाजलाई आदिम सभ्यताको धरातलमा टेकेर आडम्बररहित हुने बिम्बलाई बोध गराउन यस कृतिले हामी सबैलाई आग्रह गर्‍यो । भनौँ– मानवता र बाध्यताबिचको विश्वास र अन्धविश्वासका राम्रा नराम्रा विषयको चर्चाले सकारात्मक सोचतिर आकर्षित बन्नलाई कृतिले सुझायो ।        


Advertisment
Nabil box
Kumari

एउटा सभ्यता खोतलेँ ‘राउटेको बिहे’ शीर्षकमा – राउटे मुखिया दुलहादुलहीलाई भन्दै थिए “बिहे गरेपछि नुहाउनुपर्छ । खोलामा गएर नुहाऊ । नयाँ छाप्रो बनाउन लगाउँछु । त्यसैमा गएर बस । सात दिनसम्म काममा लगाउँदिन ।” 
आहा ! मधुमास मनाउने बिदा । राउटे संस्कृतिले त न्याय दियो । मानवतालाई ओकल्यो । आवश्यकताभित्र दाम्पत्य जीवनको रहस्य खोतेलेको पो रहेछ ।

Vianet communication
Laxmi Bank

अर्को शीर्षक रहेछ ः मुखिनीको मृत्यु । हात–खुट्टाका लामा नङ, सिँगान चुहाउँदै खाना खाएका प्रसङ्गले बाल्यकाल र गरिबीको उत्कर्षमा म आफैंलाई विगततिर फर्काइदियो । आचार्यको लेखकीय कलासँग डुल्दै थिएँ । चस्स दुख्यो ! – मुखिनीले दोस्रो पटक पनि छोरी जन्माउँदा मुखियाले भने रे “छोरीलाई घाँटी निमोठेर मारिदेऊ ।” प्रकृतिको खुला आकाशमा जीवन जिउनेले आखिर लिङ्गभेद किन गरे ? तिनमा त अमानवीय स्वभाव पो रहेछ । खिन्न लाग्यो । तर फेरि असिनाले पिरोल्यो । मुखिनीको मृत्यु भएछ । सबै रोए तर जङ्लमै लासलाई गाडेर गन्तव्यहीन यात्रामा निस्केको कथा रहेछ । आखिर जीवन त गन्तव्यहीन छ । आपूmसँग तुलना गर्न मन लाग्यो – काठमाडौँ आयो । कोठा खोज्यो । फेरि सर्‍यो । घरबेटीले के भनछन्, के मिल्दैन । फेरि अन्तै सर्‍यो । 

“तिमीहरू घरमा बस्न्या मुन्छे जङ्गलमा बस्न हुनैन ।” राउटेसँग बास माग्दा यत्तिसम्मको मानवीय आदर हुँदो रहेछ । लाग्यो शिक्षितहरूभन्दा त अशिक्षितले मानवतालाई बोध गर्ने रहेछन् । हो, बच्चाले राउटे ‘र’ भनेर सिकोस् तर राउटेको जङ्गली जीवन एउटा आदिम सभ्यता हो जुन आजसम्म छ । मैले सुनेको थिएँ, सरकारले घर बनाइदिन्छु, तलब दिन्छु भन्यो तर राउटेको राजाले मानेनन् रे । विलासिता रुचाएनन् रे । 

प्रेम पनि क्या गजबको । राउटेको जङ्गली प्रेम भित्र सभ्यता खोज्दा प्रेम विवाह त  अस्वीकृत पो हुँदो रहेछ । दुःख लाग्यो । आखिर किन राउटेहरू पनि सभ्यतामय प्रेम चाहँदा रहेछन् । प्रेम विवाह भएमा चारपाटा मुडेर राउटे बस्ती घुमाइदिँदा रहेछन् फेरि प्रेम र इज्जतको धब्बा पढेर पनि सभ्यताभित्र विरोधाभास देखियो । 
 
अर्को पक्ष भने राम्रो लाग्यो मादल बजाएर नाच्दा रहेछन् । सङ्गीतको प्रेम सभ्यता हाम्रो इतिहास रहेछ क्यार । मुखियासँग ननाचेकाले मुखियाले भनेछन् – “जङ्गल हाम्रै हो...... मुखियासँग नाच्न अप्ठेरो मान्नुपर्दैन ।” फेरि प्रजातान्त्रिक नेतृत्वको आदर्शताभाव पनि त रहेछ । मुखियाले बालबच्चालाई प्रेम गरेको विषय आहा ! दिलचस्पी लाग्यो । 

कथाको गाँठो खुल्दै गयो । अनि तिनीहरूको इच्छा कस्तो हुन्छ ? लेखकीय भावमा आचार्यले सायद राउटे विचारको भावना ओकलेछन् । राउटे बनेर पनि सभ्यता खोतलेछन् । “केटी माग्न जाँदा खसीको मासु लिनुपर्छ ।” चलन बदलिएछ राउटे युगमा । समय बलवान छ । पहिले बाँदर गुनाको मासुले काम चलाइन्थ्यो रे । अहिले बाउआमा खसीको मासुमा लोभिएर पग्लिने कथाले अर्को सभ्यता दर्शायो । पसले कहाँ हातैले नापेर कपडा लिनुपर्ने तिनको स्केल पद्धति अझै अनौठो लाग्यो । 

तर, मुखियाका विरुद्धमा बोल्यो भने त सर्वश्वहरणसहित समाज बहिष्कार हुनुपर्ने रहेछ । छाप्रो भत्काइदिए रे । लालाबालाको बिजोक तुल्याएको कथाले पीडा बोध भयो । तर, हृदयको आवाजले साँच्चै छोयो । जयबहादुरको कथा जसले प्राण त्याग्न चाहेर पनि बाँच्ने आँट गर्‍यो । राउटेहरूको संवेदनाभित्र मानवताको आभास भएको रहेछ । 

राउटेहरू त वास्तवमा कलामा निपुण रहेछन् । काठका सामान बनाउने रहेछन् । अलिकति आदिमतापरक भएकाले हुँदो हो सायद, झारफुक र तन्त्रमन्त्रको विश्वास रहेछ । भूतप्रेतादि धपाउने र वनदेवीलाई खुसी बनाउने परम्परा रहेछ । आखिर हामीमा पनि त छ । केही सभ्यता पछि परे पनि तिनले आधुनिकतासँग सम्बन्ध जोड्न खोजिरहेका छन् । केही विकृति, केही सभ्यता । केही बेथिति, केही आदिमता । केही उत्तरआधुनिक अध्ययनको विषय बडो कलात्मक लाग्यो । 

अलि अर्को कोणबाट आदिबिम्बभित्र राउटे जातिका महिलाको दमनलाई पोखिएको रहेछ । अझ मन पोल्यो । अहो ! कस्तो विडम्बना ! सुत्केरी अवस्थामा पनि चिसो भुइँमा सुत्नुपर्ने बाध्यता किन बनाइयो ? बालविवाहका व्यथा, विधवा नारी माथि भएका बलात्कारका कुत्सित घटना झनै दर्दनाक लाग्यो । अनि फेरि हेरेँ भाउजू बेहोर्ने चलन । तर, स्वेच्छाले नारी अधिकार सुरक्षित नभएको दर्द भेटेँ । ‘निर्वस्त्र छाउ’ शीर्षकको कथाले रजस्वला हुँदा महिलाको दुरावस्थाको चित्रण साथमा राउटेको छोरो धनबहादुरको अत्याचारले प्रतिशोधको आभा उम्लियो ।   

अर्को पक्षमा मन गयो । अलिकति कार्ल माक्र्सको साम्यवादको सिँढीमा वर्गीय द्वन्द्वको झझल्को रहेछ । दासतामय शासनले राउटे समाजमा अन्याय हुँदो रहेछ । राउटे राजाले आधा शरीर ढाकेर, आधा पेट खाएर राउटे मुखिया रिझाउने कथा “राउटे जागरण” नामक शीर्षकले मनमा पीडाको फोहरा उठ्यो । अर्को कथाले अन्याय भएको महसुस भयो – प्रधानमन्त्रीको भेटघाटले कस्तो अनुभूत गरायो भन्ने प्रश्नमा – ...कस्तै लाग्न्या छैन । कसैले रुपियाँ दियाका छैनन् । रुपियाँ दिया भन्या राम्रै लाग्न्या छ । दोहोरो अप्ठ्यारो विचार भेटियो । एकातिर कताकता दयाको भावनालाई, कलालाई प्रोत्साहन पनि गरेको अर्कोतिर नारी शोषण र तल्ला वर्गको श्रमको शोषण गरिने कठोर शासनपद्धति जुन उनीहरूको समुदायकै कानुनी पभाव रहेछ क्यार ।  

निष्कर्षतः बीसवटा शीर्षकका पृथक प्रसङ्गले सजिएको पुस्तक ‘आदिबिम्ब’ ले राउटे र राजनीति, राउटे र आजको मानव, राउटे र सभ्यता  आनि आजको समाजलाई बोलेको भेटिन्छ । परिवर्तन छ, उत्तरआधुनिक समाजको एउटा धुमिल सिरा पनि छ । तर, मान्छेको जीवनशैली र सोचभित्रको बेथिति छ । पितृसत्तात्मक शोषक चरित्रलाई अशिक्षा र व्यवस्थाले गाँजेको दुर्दशा भेटिन्छ । अतः आदिबिम्ब साँच्चै मानवीय सभ्यतालाई स्मरण गराउने र एक पिछडिएका जातिको अवस्थालाई अध्ययन गरी कथात्मक रूप दिइएको पुस्तक हो । यति हुँदाहुँदै पनि कथाकारले राउटे जातिको इतिहास, विकासक्रम र रहनसहनका विषयलाई सचित्र वर्णन, केही तथ्यको प्रमाण पेस गर्दै समाज र संस्कृतिलाई, केही शैलीलाई छर्लङ्ग बनाउने हो भने सुनमा सुगन्ध हुने अपेक्षा गर्न सकिन्छ ।   
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x